शिवसताक्षी २ को वडाध्यक्षमा माओवादी विजयी

झापा ,४ जेठ । झापाको शिवसताक्षी नगरपालिका वडा न. २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भीमबहादुर नेम्बाङ ११९० मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन् । उपविजेता बनेका नेकपा एमालेका प्रदीप चिमरियाले १०४० मत पाएका छन् । वडाध्यक्ष माओवादीले जित्दा बाँकी सबै सदस्यहरु भने एमालेले जितेको छ ।
खुल्ला सदस्यमा एमालेका यामबहादुर राई ११८५ , भोजकुमार ढकाल १०२० , महिला सदस्यमा दुर्गादेवी ढकाल ११२० र दलित महिला सदस्यमा धनकुमारी तिवारी ११२४ मतसहित निर्वाचित भएका छन् । योसहित माओवादीले झापामा तीनवटा वडाध्यक्ष जितिसकेको छ ।
अर्जुनधारा ३ मा कांग्रेसले जित्यो वडाध्यक्ष
नेपाली कांग्रेसले अर्जुनधारा ३ को वडाध्यक्ष जितेको छ । कांग्रेसका उम्मेदवार सिताराम भट्टराईले १७८५ विजयी मत ल्याएर वडाध्यक्ष जितेका हुन् ।उनका प्रतिष्पर्धी नेकपा एमालेका हरिबहादुर वाग्लेले १४८४ मत पाएका छन् । कांग्रेसले वडाध्यक्ष जितेपनि चारवटै वडा सदस्य भने एमालेले जितेको छ ।
खुल्ला सदस्यमा एमालेका चन्द्रमाया तामाङ १५६९,नारायणप्रसाद चापागाई १३८९ , महिला सदस्यमा सुमनकुमारी राई १५७७ र दलित महिला सदस्यमा सितादेवी सार्की १५३९ मत ल्याएर विजयी भएका छन् । यसअघि गठबन्धनका तर्फबाट कांग्रेसले अर्जुनधाराको वडा नं १ ,२ र ४ को वडाध्यक्ष जितिसकेको छ ।

भद्रपुर– ८ र बाह्रदशी ७ मा कांग्रेसका वडाध्यक्ष निर्वाचित
भद्रपुर नगरपालिका वडा नम्बर ८ मा गठबन्धनबाट नेपाली काँग्रेसका गौरव सुब्बा (मनोज ) पुनः वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदिस जोशीलाई ६०७ मतान्तरले पराजित गर्दै काँग्रेसका सुब्बा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेका काँग्रेसका सुब्बाले १२२८ मत ल्याउँदा जोशीले मात्र ६१९ मत ल्याएका छन् । राप्रपाका गणेश लिम्बू २१०, जसपाका डुक्पा राई ५० र राष्ट्रिय जनमुक्ति पार्टीका महमद असर्फ शेखले ५ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यतर्फ काँग्रेसले तीन र एमालेले एउटा जितेको छ । वडा सदस्यमा काँग्रेसका निमलाल राजवंशी ८२७, भगवती बस्नेत ९९२, लक्ष्मी परियार १०२३ र एमालेका तुलाराम राजवंशी ६७० मत ल्याएर निर्वाचित भएका छन् ।
त्यस्तै बाह्रदशी ७ को वडाध्यक्षमा कांग्रेसका मित्रराज भट्टराई विजयी भएका छन् । नेकपा एमालेका अमित राजवंशीलाई ५९ मतले हराउँदै भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले ८६९ र राजवंशीले ८१० मत प्राप्त गरेका छन् । त्यस्तै एउटा खुल्ला सदस्यबाहेक सबै कांग्रेसले जितेको छ । खुल्ला सदस्यमा कांग्रेसका फेदुलाल राजवंशी ८५९ ,महिला सदस्यमा रानी मुर्मू ६९० र दलित महिला सदस्यमा सावित्री विक ७२५ मतले निर्वाचित हुँदा एउटा खुल्ला सदस्यमा भने एमालेका मिलन संग्रौला ६४६ मतसहित विजयी भएका छन् ।

बिर्तामोड ९ मा एमालेको प्यानल निर्वाचित
बिर्तामोड नगरपालिका ९ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।एमालेका हरिप्रसाद चौलागाई ९५८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका माओवादी उम्मेदवार मनप्रसाद सुब्बा लिम्बूले ८०१ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका कर्णबहादुर कार्कीले ३०५ मत ल्याए ।
त्यस्तै चारजना सदस्य पनि एमालेले जितेको छ । खुल्ला सदस्यमा केशव बुढाथोकी १०३८ , चन्द्रप्रसाद दंगाल १०२८ , महिला सदस्यमा सल्पना राजवंशी ११०८ र दलित महिला सदस्यमा संगीता सिवा १०५५ मत ल्याएर विजयी भएका छन् ।

गौरादह ५ मा एमालेको प्यानलै निर्वाचित

गौरादह ५ मा नेकपा एमालेले प्यानल नै जितेको छ ।केहीबेर अघि सम्पन्न मतगणना अनुसार एमालेका जगन्नाथ खनालले नेपाली कांग्रेसका ताराकुमार श्रेष्ठलाई ३०७ मतान्तरले पराजित गरी वडाध्यक्ष जितेका हुन् । खनालले १८९० मत ल्याउँदा श्रेष्ठले १५८३ मत पाएका छन् । त्यस्तै वडा सदस्यमा समेत एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । खुल्ला सदस्यमा मोहनकुमार राई १८०६ ,कपिलमणी काफ्ले १७८५ , महिला सदस्यमा गोमादेवी लिम्बू ९चेम्जोङ १७६७ र दलित महिला सदस्यमा छलीमाया नेपाली १९३१ मत ल्याएर निर्वाचित भएका छन् । हालसम्म गौरादहको ५ वडामा मतणगाना सम्पन्न भएकोमा ३ वटामा एमाले , एउटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

Leave a Reply

Your email address will not be published.