
दमक ,४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा फेरि एमालले अग्रता लिएको छ । राप्रपासहितको छ दलीय महागठबन्धनलाई झिनो मतान्तरले एमाले उम्मेदवारले फेरि अग्रता लिएको हो ।
आज विहान समपन्न भएको दमक वडा नं ८ को मतगणनामा एमालेबाट मेयरकी उम्मेदवार गीता अधिकारीले १ हजार ७ सय ९१ मत ल्याउँदा गठबन्धनका राम थापाले १ हजार ४ सय ९८ ल्याएका छन् ।
हालसम्म गणना भएका १, २, ३, ९, १० र ८ को नतिजाअनुसार अधिकारीले कुल १० हजार ७ सय ९३ मत ल्याएकी छन् भने गठबन्धनका थापाले १० हजार ६ सय ७० मत ल्याएका छन् । अधिकारीले थापालाई १ सय २३ मतले पछि पारेकी छन् ।
बुधबार बिहानसम्म १५ मतले अघि रहेका थापालाई केहीबेर अघिको नतिजाअनुसार गीताले उछिनेकी हुन् । यसैगरी उपमेयरमा एमालेका अम्बिका खनालले वडा नं ८ बाट १५९३ मत ल्याउदै आफनो अग्रता मजवुत गरेका हुन् । यससंगै खनालले १०५४३ मत बनाएका छन् ।
खनालका प्रतिद्धन्दी कांग्रेसकी रेगिना प्रसाईंले १ हजार ५ सय ५५ मत ल्याएकी छन् । प्रसाईंले १०३६२ ल्याएकी छन् । दुई दिनदेखि प्रसाईंको अग्रता भइरहँदा आज बुधबार बिहानदेखि खनाल ३८ मतका साथ आफनो अग्रता बढाएका छन् ।
दमकको १० वडा मध्ये १,२,३,८,९ र १० को गणनाको नजिता सकिएको छ भने अहिले वडा न. ४ को गणना भईरहेको छ । गणना सकिएको १० बाहेक सवै वडामा एमालेले प्यानलै जितेको छ ।