
दमक,२ जेठ । झापाको कमल गाउँपालिकामा जारी मतगणना कार्य रोकिएको छ । कमल ४ को मतगणनाको पछिल्लो सार्वजनिक नतिजामा निर्वाचन कार्यालयका कर्मचारीले गलत विवरण घोषणा गरेको भन्दै गठबन्धन दलले विरोध जनाएपछि गणना कार्य रोकिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो जारी गणनाको परिणाम सार्वजनिक गर्दा गणकको तंथ्याक भन्दा बढी मत एमालेको आएको भनी घोषणा गरेको थियो । त्यस तथ्यांक गणकको संकलित विवरणसंग नमिलेपछि उक्त गंभीर लार्पावाही बाहिर आएको नेपाली कांग्रेस क्षेत्र न. ५ का सचिव धर्मानन्द भट्टराईले बताए ।
कर्मचारीको मिलोमतोमा गठबन्धनलाई हराउन उद्देश्यले त्यस्तो षडयन्त्र भएकाले जारी गणना स्थगित गरि पुनः गणना गरिनु पर्ने उनको भनाई छ । गठबन्धनका उम्मेदवारले उक्त गणनामा खटिएका कर्मचारीको कार्वाही तथा वडा न. ३ र ४ को पुनः गणना गर्नुपर्ने माग अघि सारेका छन् ।
आयोगले वडा न.४ को १९४६ गणनाको उपाध्यक्ष उम्मेदवारको नतिजा घोषणा गर्दा गलत विवरण घोषणा गरेको गठबन्धनका उम्मेदवारको दावी छ । त्यहाँ एमालेका उम्मेदवारले अग्रता लिदैआएका थिए ।
यसैवीच, गणना कार्य विवादीत वनेपछि गणनास्थल साँझदेखि तनावग्रस्त बनेको थियो । स्थिति अनियन्त्रीत बनेपछि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको थियो ।
यसैवीच, निर्वाचन कार्यालयका अधिकारीले गणना कार्यमा असवाधनीवस ‘त्रुटि’ भएको स्वीकार गरेका छन् । नियतबस होइन, कम्प्यूटरमार्फत विवरण पोष्ट गर्दा गलत हुन पुगेको र समस्या समाधान गर्न दलीय छलफल समेत भईरहेको निर्वाचन अधिकृत प्रकाश गौतमले जनाएका छन् ।
७ वडा रहेको पालिकामा ३७ हजार ९५० कुल मतदाता मध्ये निर्वाचनमा २६ हजार २४२ मत खसेको थियो । निर्वाचन आयोगले १,२ , ३ को मतपरिणाम सार्वजनिक गरिसकेको छ । पालिका अध्यक्षमा गठबन्धनका हुकुमसिंह राईले शुरुवातीदेखिनै अग्रता कायम राखिआएका छन् ।