जिल्ला फुटबल रेफ्री संघ झापाको नेतृत्व चयन

झापा, १९ बैशाख । झापा जिल्ला फुटबल रेफ्री संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । अर्जुनधारास्थित सालबारीमा आइतबार सम्पन्न चौथो जिल्ला अधिवेशनले श्याम दनुवारको अध्यक्षतामा संघको जिल्ला समिति चयन गरेको हो । १३ सदस्यीय गठित जिल्ला समितिको तीनउपाध्यक्षमा लक्ष्मण जैसवाल, चन्द्रराज काफ्ले र डिकबहादुर श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै, महिला सदस्यमा स्मृति खड्का चयन भएकी छन् ।
अन्य सदस्यहरुमा सुशील तामाङ, लोकराज ढुंगाना, लक्पा तामाङ, लीला बाँस्कोटा, खेमराज श्रेष्ठ, लक्ष्मण चौधरी, युवराज बजगाईं र इजु तामाङ चयन भएका छन् ।
यसैबीच, नवनिर्वाचित समितिको बैठकले महासचिवमा उदय ठाकुर र कोषाध्यक्षमा लोकराज अधिकारीलाई सर्वसम्मत चयन गरेको छ ।
यसअघि भएको खुलासत्रमा प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, नेपाल फुटबल रेफ्री संघका उपाध्यक्ष मधुसुदन खनाल, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल, एनी स्पोटर्स ब्रान्डका सञ्चालक सन्तोष थोप्रालगायतले शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनको अवसर पारेर झापाका पुराना रेफ्री एकराज पोखरेल र खेम तामाङलाई सम्मान गरिएको थियो । उनीहरु दुवैजना पूर्वराष्ट्रिय रेफ्री हुन् । संघका अध्यक्ष प्रदिपकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत लोकराज अधिकारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन भाग्य लिम्बूले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.