निर्वाचन आचारसंहिता कार्यान्वयनमा जोड

निर्वाचनका तयारीका बारे जानकारी दिदै जिल्ला निर्वाचन अधिकारी


दमक, ६ बैशाख । नजिकिएको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष,भयरहित बनाउन सवै राजनीतिक दल तथा सरोकारवालाले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्नुपर्ने आज दमकमा आयोजित अन्तरकृयाका सहभागिले औल्याएका छन् ।
नेपाल पत्रकार संघ झापा र संवाद समूह झापाको संयक्त आयोजनामा मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका विषयक अन्र्तकृयामा बोल्दै सहभागिहरुले निर्वाचन स्वतन्त्र, निष्पक्षता र भयरहित बनाउन निर्वाचन आचारसंहिता समेत जारी भइसकेको र त्यसको पूर्णपालना गराउन सबैले आ आफ्नो भूमिका निर्वाह गर्नु पर्ने जोड दिए ।
प्रमुख जिल्ला अधिकारी छवीराज रिजालले निर्वाचन निष्पक्ष,भयरहित बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ सूचना प्रवाह गर्नु पर्ने खाँचो रहेको औल्याए । प्रजिअ रिजालले निर्वाचनमा खटिनका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरीका साथै अन्य ३ हजार सुरक्षा जनशक्ति आवश्यक पर्ने उल्लेख गरे ।
निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले यो पटक मतदाता शिक्षामा फरक रणनीति समेत अपनाइने भएकाले मतदाता शिक्षा प्रभावकारी बनाउन सवैले सहयोग पुरयाँउनु पर्ने जोड दिए ।
मतदाता शिक्षालाई पहिला जस्तो घर दैलो कार्यक्रम नगरि डिजिटल प्रविधि र आम सञ्चारको अधिकत प्रयोग गरिने भन्दै उनले निर्वाचन हुनु अघिल्लो दिन अन्तिम मतदाता नामावलीको परिचयपत्र बाढ्ने क्रममा त्यहि मतदान केन्द्रमा समेत मतदाता शिक्षा सम्बन्धिको डेस्क स्थापना गरेर समेत मतदान गर्ने तरिकाका बारेमा जानकारी गराइने बताए ।
उनका अनुसार झापामा कुल ६ लाख ४६ हजार २ सय ३४ मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकिएको छ । मतदानका लागि २ सय ८६ वटा मतदान स्थल तोकिसकिएको र वैशाख ८ गते १५ वटै स्थानीय तहमा निर्वाचन अधिकृत नेपालले बताए । मतदानस्थल मध्ये विभिन्न ५१ वटा अति संवेदनशिल , १५३ वटा संवेदनशिल र बाँकी ८२ वटा स्थल भने सामान्य रहेको उनको भनाई छ ।
अन्तरकृयामा पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी ,महासघं प्रदेश १ का कोषाध्यक्ष बिमल लामिछानेले पत्रकारका तर्फबाट सुझाव राखेका थिए ।

Leave a Reply

Your email address will not be published.