तत्काल उम्मेदवार सिफारिस नगर्न कांग्रेसको निर्देशन

झापा,२२ चैत । नेपाली कांग्रेसले स्थानीय तहको उम्मेदवार तत्काल घोषणा नगर्न निर्देशन दिएको छ।केन्द्रले सबै जिल्ला समितिलाई पत्राचार गर्दै उम्मेदवार सिफारिसका काम रोक्न भनेको हो। पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाने निर्णय गरेको कांग्रेसले कार्यतालिका नै पठाएर यसअघि स्थानीय तहमा उम्मेदवार सिफारिस गर्न भनेको थियो।

चैत मसान्तभित्र उम्मेदवार माथिल्लो तहमा सिफारिस गर्न निर्देश गरेको कांग्रेसले मंगलबार गठबन्धनलाई मध्यनजर गरेर उम्मेदवार सिफारिसको काम स्थगित गर्न निर्देशन दिएको हो।

कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जिल्ला समितिलाई तत्काल उम्मेदवार नतोक्न भनेको जानकारी दिए।जिल्ला जिल्लामा बैठक बसेर पाँच दलले गठबन्धन गर्ने निर्णय गरिरहेको अवस्थामा कांग्रेस कतिपय ठाउँमा एक पक्षीय रुपमा उम्मेदवार घोषणा गर्न थालेपछि अरु दल झस्किएका थिए।

Leave a Reply

Your email address will not be published.