
दमक, २२ चैत । झापाको कमल गाउँपालिका ५ स्थित सहकारी समन्वय समितिले नयाँ बर्ष २०७९ को भित्तपात्रो निकालेको छ । सहकारी समन्वय समितिले आज पाडाजुंगीमा रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा संक्षिप्त कार्यक्रम गरि नजिकिएको नयाँ बर्ष २०७९ लाई लक्षित गरि भित्तेपात्रो सार्वजनिक गरिएको सचिव भुपेन्द्र लावतीले बताए ।
भित्तेपात्रोको वडाअध्यक्ष डम्बरबहादुर निरौला, सहकारी समन्वय समितिका अध्यक्ष लालबहादुर बिष्ट, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य बालकृष्ण गौतम ,चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तकुमार राईलगायतले संयुक्त रुपमा सार्वजनिक गरे।
भित्तेपात्रो सार्वजनिक कार्यक्रममा वडाध्यक्ष निरौला, जिल्ला बचत तथा ऋण सहकारीका सदस्य गौतम, यूनाईटेड बहुउद्देश्यीय सहकारीका अध्यक्ष ललित कुमार वान्तवा लगायतले बोलेका थिए ।
वडाका सहकारीवीच आपसी समन्वय तथा सहकारीको बृद्धिविकासमा जोड दिने उद्देश्यले तीनवर्ष अघि स्थापना गरिएको उक्त समन्वय समितिमा वडाका एक दर्जन सहकारी आवद्ध छन् । वडाभित्रका सहकारीका हकहितसंगै कर्मचारीका विदाँ , पोशाकमा समेत एकरुपता ल्याउन लक्ष्यका साथ समितिले काम गरिरहेको अध्यक्ष विष्टले जनाएका छन् ।
कार्यक्रममा सहकारी समन्वय समितिमा आवद्ध सहकारीका प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त वडामा लगनशील कृषि ,सुम्निमा कृषि,शुभदर्शन कृषि,नेपाल दुग्ध उत्पादक ,बस्ती विकास,यूनाईटेड,संझौता, हाम्रो सुरक्षा,आभाष,शसक्तीकरण महिला ,शुभरत्न र चन्द्रदर्शन सहकारी संस्था सञ्चालित छन् । ती संस्थाबाहेक अन्य चार वटा सहकारीले सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएका छन् ।