मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

विराटनगर,२९ फागुन । मोरङको रंगेली -२ मंगलबारेमा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो २.३० बजे विराटनगर आमबारी पक्कि सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र.न ०१–०४–००१ प ७१६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुदाँ त्यसमा सवार मोटरसाइकल चालक बिराटनगर– ३ का ४१ बर्षिय बलराम गड्तौलाको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यू भएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार एक जनाको भने गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.