कमलमा सहकारी समन्वय समिति, संयोजकमा दाहाल

दमक ,७ बैशाख । झापा जिल्ला सहकारी संघ लिमीटेडले जिल्लाको कमल गाउँपालिका पालिकास्तरिय सहकारी समन्वय समिति गठन गरेको छ ।कमल- ५ पाडाजुंगीस्थित चन्द्र दर्शन सहकारी संस्थाको सभाहलमा शनिवार सम्पन्न भेलाले प्रमोदकुमार दाहालको संयोजकत्वमा नौ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।
सर्वसम्मत निर्वाचित समितिको सहसंयोजकमा सविता भट्टराई ,सचिवमा बासुदेव चापागाईं चुनिए भने सदस्यहरुमा शेरबहादुर श्रेष्ठ, धरणीप्रसाद भण्डारी,नरमाया तामाङ ,नरप्रसाद दंगाल , कबिन्द्र तिम्सिना र लक्ष्मी अधिकारी न्यौपाने चुनिएका छन् । सोहि सभाले शरणकुमार पराजुली ,गोविन्द खनाल,गोपाल दास तिम्सिना, पुनम बजगाई र धनबहादुर बस्नेत रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.