कोठा बहालले भाडा नतिर्दा समस्या भएको गोरखा डिपार्टमेन्टको गुनासो

पत्रकार सम्मेलनमा गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक आचार्य

मक,१५ फागुन । झापाको दमक–५ स्थित गोरखा डिपार्टमेन्ट स्टोरले आफना भवनको भूइँ तलामा रहेका १६ जना व्यवसायीले कोठा वहाल लामोसमयदेखि नतिर्दा समस्या भएको बताएका छन् ।
ति व्यवसायीले व्यापारिक प्रयोजनका लागि लिएको २१ वटा कोठाको न्यूनतम १३ महिनादेखि अधिकतम ४५ महिनाको भाडा नतिरे पछि समस्या भएको गोरखा डिपार्टमेन्ट स्टोरले जनाएको छ । स्टोरका सञ्चालक बलराम आचार्यले आइतबार पत्रकार सम्मेलन गरी भाडा बहाल बक्यौता असुल गर्न प्रशासन तथा स्थानीय सरकारसंग अनुरोध गरिएपनि सुनुवाई नभएको बताए ।

उनका अनुसार बक्यौता भाडा रकम हालसम्म जम्मा १ करोड २८ लाख ९८ हजार २१३ रुपैयाँ पुगेको छ । एक जना व्यवसायी बराबर कम्तिमा १ लाख ५० हजारदेखि बढीमा २३ लाख ५० हजारसम्म रहेको स्टोरद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । पटक पटक ताकेता गर्दा पनि ति व्यवसायीहरुले भाडा बुझाउँछु भन्ने गरेको तर व्यवहारमा भने नतिरेको सञ्चालक आचार्यले जनाएका छन् ।
भाडा असुलमा सहयोग गर्न गत पु्ष ४ गते दमक नगरपालिका वडा नम्वर ५ को कार्यालय, इलाका प्रहरी कार्यालय दमक र दमक उद्योग वाणिज्य संघलाई लिखित अनुरोध गरेपनि ति कार्यालयहरुबाट कुनै सहयोग नपाएको गुनासो समेत सो स्टोरका संचालक आचार्यले गरे ।

दमकमा विगत ६ वर्षदेखि गोरखा डिपार्टमेन्ट स्टोरको शाखा संचालनमा आएको हो । दमकमा सो डिपार्टमेन्ट स्टोरले ६ जना घरधनीहरुबाट सो भवन ५१ वर्षका लागि लिजमा लिएर आफ्नो व्यापार व्यवसाय संचालन गरिरहेको छ ।

व्यवसायीहरुले भाडा नतिरेपछि कोठामा ताला लगाउन खोज्दा त्यसको प्रतिवाद गरेको सञ्चालक आचार्यले बताए । एक करोड रुपैयाँभन्दा बढी भाडा नउठ्दा आफूहरु अन्यायमा परेको उनले गुनासो गरे । व्यापार गरिरहने तर कोठाको भाडा नतिर्ने साथै उल्टै विभिन्न संचारमाध्यमहरुमा सो डिपार्टमेन्टकै गलत प्रचार गरी बद्नाम गर्न खोेजिएकाले बाध्य भएर पत्रकार सम्मेलन गरी यथार्थ कुरा सार्वजनिक गर्नुपरेको स्टोर संचालक आचार्यले प्रष्ट पारे । उनले सबैभन्दा धेरै होण्डा सोरुमको २६ महिनाको भाडा उठाउन बाँकी रहेको तर व्यवसायीहरुले अझै बक्यौता भाडा तिर्न अटेर गरे कानुनी प्रकृयामा जाने उनले बताए ।

Leave a Reply

Your email address will not be published.