
विराटनगर,१४ फागुन । मोरङको लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी १२ वर्षिया करुणा राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षिय दिपक गिरीलाई पक्राउ गरेको छ ।
गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई बलात्कार गरेपछि हत्या गरेको स्वीकार गरेको एसपी जिसीले बताए ।
‘बलात्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिडेको बयानको क्रममा स्वीकार गरेका छन्,’ एसपी जिसीले भने, ‘अहिलेसम्मको प्रराम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको छ । थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका गिरीको एक महिना अगाडी श्रीमतिको मृत्यु गएको थियो ।
श्रीमतिको मृत्यु भएपछि उनी एक्लै बस्दै आएका थिए । पक्राउ परेका गिरीले बालिका हत्या गरेको स्थान उनको घरदेखि एक किलोमिटर दक्षिणमा पर्दछ ।स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार विहान लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र केराको झ्याङ भित्र शव फेला परेको हो । मृतकको शव नाङ्गो अवस्थामा भेटिएको छ ।