
दमक,१४ फागुन । २७ औ जनयुद्ध दिवस तथा शहिद सप्ताहको अवसर पारेर झापाको कमल ५ स्थित पाडाजुंगीमा आज आयोजना गरेको रक्तदानमा ४३ पिन्ट रगत संकलन भएको छ ।
माओवादी केन्द्रको निकट योङ कम्यूनिष्ट लिग(वाइसीएल) ले आयोजना गरेको रक्तदानमा माओवादी केन्द्र प्रदेश १ कमिटीका उपाध्यक्ष विजय साङपाङ राई, कमल अध्यक्ष रविन गुरुङ,एलवी बिष्ट,ओमप्रकाश गौतम, गोविन्द तिवारी,विरेन्द्र तिवारी, प्रचिन धमलालगायत पार्टी कार्यकर्ता, सर्वसाधारणहरुले रगतदान गरेको वाइसीएल कमलका अध्यक्ष नविन भट्टराईले बताए । रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको थियो ।
वाइसीएलले पार्टीको समन्वयमा जनयुद्ध दिवसका अवसरमा बर्सेनी रक्तदान कार्यक्रमको आयोजना गरिआएको छ ।सो अवसरमा रक्तदाताहरुलाई पार्टीका प्रदेश कमिटी उपाध्यक्ष साङपाङले प्रशंसा पत्र वितरण गरेका थिए ।
