कालोपत्रेको काममा रेखदेख समिति गठन

कमल ,१३ फागुन । कमल गाउँँपालिकाको वडा न.४,५ र ६ जोडिने सितापुरी गेउरिया किस्ने दोभान कालोपत्रे सडकको काममा सहयोग पुरयाँउन स्थानीय स्तरमा एक समिति गठन गरिएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी प्रतिनिधिसभाकी सदस्य महेन्द्रकुमारी लिम्बूको सांसद विकास कोषबाट विनीयोजित वजेटबाट निर्माण शुरु भएको उक्त कालोपत्रे सडकको काममा सहयोग पुरयाँउन उद्देश्यले राजकुमार तामाङ संयोजक र केशव तिम्सीना सहसंयोजक रहेको १५ सदस्यीय रेखदेख समिति गठन गरिएको हो । कांग्रेस वडा न. ४ को पहलमा शुक्रवार सम्पन्न स्थानीय सरोकारवालाहरुसहित कांग्रेस प्रदेश १ का सदस्य हुकुमसिंह राई, महाधिबेशन प्रतिनिधि राजन ढुंगाना, कांग्रेस कमलका पूर्व सभापति खगेन भण्डारी लगायतको भेलाले उक्त समिति गठन गरिएको वडासभापति सागर चाम्लिङ राईले बताए ।
सभापति राईका अनुसार सांसद लिम्बूको कोषबाट रु २ करोड ५० रुपैयाको वजेटमार्फत त्यस सडकको कालोपत्रे कार्य शुरु भएको र निर्माणका कार्यमा सघाँउ पुरयाँउन रेखदेख समिति गठन गरिएको हो । गठित रेखदेख समितिको सदस्यहरुमा स्थानीय अगुवाहरु सन्तु लावती, मदन योङहाङ, भिमराज राई,पारसमणि राई,सुनिल राई,रुद्र श्रेष्ठ,पूर्णकुमार मगर,उर्मिला राई, श्याम बिक, बबिता बराल दाहाल,इन्द्र पराजुली,भगेन्द्र राई र गगन लावती रहेका छन् ।

किरात र ज्योति टोल गठन
यसैगरि, कमल ४ कांग्रेसले पार्टी संगठन थप क्रियाशील बनाउन अग्नीप्रसाद दाहाल सभापति रहेको किरात टोल र इन्द्रकुमार लिम्बू सभापति रहेको ज्योति टोल समिति समेत गठन गरिएको वडासभापति राईले बताएका छन् । १७ सदस्यीय गठित किरात टोल समितिको उपसभापतिमा देवानन्द राई,सचिवमा सेमन्ती खनाल,सहसचिवमा कुमार मगर र कोषाध्यक्षमा पदमा बेघा चुनिएका छन् । यस्तै ,११ सदस्यीय ज्योति टोल समितिको उपसभापतिमा पदमकुमार राई,सचिवमा सुवास राई, सहसचिवमा टायन्द्र मावो ,कोषाध्यक्षमा भिमा गुरुङ लगायत रहेका छन् । पार्टी संगठन विस्तार गर्न वडा भित्रका टोल टोलमा धमाधम यसरी नै टोल समिति गठन कार्य तीव्र बनाउदै लगिएको सभापति राईले बताए ।

Leave a Reply

Your email address will not be published.