राप्रपा कमल चुनावी अभियानमा लाग्यो

कमल ,११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको कमल गाउाँँलिकामा आसन्न स्थानीय तहको निर्वाचन लक्षित गतिविधि शुरु गरेको छ ।
पालिकामा पार्टीका उम्मेदवारलाई जिताउन उद्देश्यले राप्रपाले आजदेखि चुनाव लक्षित कार्यक्रम शुरु गरिएको पालिका अध्यक्ष दीपक खरेलले बताएका छन् ।
सोहि क्रममा आज कमल ५ स्थित टुक्रेमा टोल भेला गरि विभिन्न पार्टी परित्याग गरि एक सय बढी राप्रपामा प्रवेश गराउनुका साथै ज्येष्ठ बुबाआमाहरुलाई सम्मान गरिएको अध्यक्ष खरेलले बताए । पार्टीका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य अम्बर विष्टको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा क्षेत्र न. ५ का अध्यक्ष भिमप्रसाद पौडेल,जिल्ला सदस्य बिष्णु पौडेल,सलिना राई लगायतका उपस्थिति रहेको थियो ।
यसैगरि पार्टीले वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दे दुई वटा उपसमिति गठन गरिएको राप्रपा कमलले जनाएको छ । पार्टीको आज सम्पन्न बैठकले पालिका तथा वडा भित्र उम्मेदवार सिफारिस गर्न तथा दलहरुसंग गठबन्धन गर्नका लागि पालिका अध्यक्ष खरेलको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा विष्णु पौडेल, सन्तोष कार्की, सेलिना राई रहेका छन् ।
यस्तै,डिल्लीप्रसाद उप्रेतीको संयोजकत्वमा खड्गबहादुर श्रेष्ठ, चन्द्रबहादुर कार्की,दिपा पाठक र भिमबहादुर भण्डारी रहेको पाँच सदस्यीय कार्यालय व्यवस्थापन समिति गठन गरिएको जनाइएको छ । पार्टीले स्थानीय तहमा आफना उम्मेदवारहरु जिताउन कमलका ७ वटै वडामा वडा तथा टोल भेला गरि निर्वाचन केन्द्रीत अभियान समेत सञ्चालन गरिने अध्यक्ष खरेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.