दमकका मेघराजले काठमाण्डौ–झापासम्म दौडिने

धावक राई

दमक,११ फागुन । दमक- ८ का मेघराज राईले काठमाण्डौदेखि झापासम्मको करिव ५ सय किलोमिटर दौडिएर यात्रा गर्ने भएका छन् । स्वस्थ्य,समृद्धिसंगै प्रदेश १ का खेलाडीहरुको प्रोत्साहनमा जोड दिने उद्देश्यले २२ बर्षिय धावक राईले यहि चैत १ गतेदेखि दौडिएर यात्रा गर्ने भएका हुन् ।
उनको दौड यात्राको संयोजन गरिआएको दमकको एडभेन्चियर इक्यूपमेन्टले आज पत्रकार सम्मेलन गरि धावक राईको दौड यात्राको त्यस्तो जानकारी दिएको हो । धावक राईका अनुसार काठमाडौंको दशरथ रंगशालाबाट दौडिएर यात्रा शुरु गरि सिन्धुली ,बर्दिबास हुदै झापाको दमकमा आएर यात्रा समापन गरिने छ । उनले दैनिक १ सय किलोमिटर दौडिएर बढीमा ६ दिन भित्र निर्धारित दुरी सम्पन्न गर्ने बताए ।
सन् २०१७ गतेदेखि औपचारिक रुपमा दौड गरिआएका राईको लामोदुरीको दौड भने यो नै पहिलो भएको सुनाए । यसअघि उनले करिव एक सय २० किलोमिटर दौड पूरा गरेका थिए । दौड खेलमा विभिन्न पुरस्कार,पदक जितेका धावक राईले भने , –‘सवै क्षेत्रको सहयोग ,सद्भाव प्राप्त भईरहेकाले निर्धारित दौड सफलतापूर्वक सम्पन्न हुने छ , त्यसका लागि सवै तयारी गरिआएको छु ।’ दौड अवधिभर सडकको व्यवस्थापन गर्न खेलाडी तथा शुभेच्छुक सम्मलित मोटरसाइकल र ट्याक्सीमार्फत सर्किटिङ हुने धावक राईले बताए ।
करिव रु ८० हजार खर्च हुने उनको दौडमा एडभेन्चियर इक्यूपमेन्टसहित स्थानीय व्यक्तिले सर सहयोग पुरयाँएका छन् ।

Leave a Reply

Your email address will not be published.