
दमक,२३ माघ । दमक ६ स्थित लिङदेनमार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले हालै मोरङको उर्लाबारी स्थित बरगाछीमा सदस्य सेवा केन्द्र खुलेको छ । सेवा केन्द्रको उद्घाटन समाजसेवी मेहरमान लाबुङले गरेका थिए ।
सेवा केन्द्र उद्घाटनमा समाजसेवी बालचन्द्र सुब्बा,संस्थाको उर्लाबारी सेवा केन्द्रका संयोजक सुर्यमान खजुम,संस्थाका उपाध्यक्ष दिलिप सुब्बा लगायतले बोलेका थिए ।
संस्थाले यसअघि जिल्लाको शिवसताक्षी, बिर्तामोड सेवा केन्द्र सञ्चालनमा ल्याएको छ भने मोरङको मिक्लाजुङ ,इलामको चुलाचुली र माङसेबुङ लगायतका शेयर सदस्यहरुलाई लक्षित गरि थप सेवा केन्द्र विस्तार गर्ने योजना रहेको संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प ) ले बताए ।
उर्लावारी सदस्य सेवा केन्द्र उद्घाटनमा संस्थाका शिवसताक्षी झिलझिले सेवा केन्द्रका निमित्त संयोजक किरण लिङ्देन, युवा नेतृ दिलु लिङदेन, लेखासमिति सदस्य बीर बहादुर लावती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।