धरान,१२ माघ । धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । सुनसरीको धरान नगरपालिका १९ का २९ वर्षीय पुरूषको मृत्यु भएको हो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मंगलबार साँझ ८.५५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार माघ ३ गते उनलाई कोरोना पुष्टि भएको थियो ।
मृतकमा लिभरसम्बन्धी समस्या थियो ।