बिर्तामोडका मेयरसहित ३ जना जनप्रतिनिधि संक्रमित

मेयर शिवाकोटी


बिर्तामोड, ६ माघ । पछिल्लो समय जिल्लामै सबैभन्दा धेरै कोभिड–१९ संक्रमण फैलिदै गएको बिर्तामोडमा नगरप्रमुख धु्व कुमार शिवाकोटीसहित तीनजना जनप्रतिनिधि संक्रमित भएका छन् ।
नगरप्रमुख शिवाकोटीलाई दोस्रो पटक संक्रमण पुष्टि भएको हो । यसअघि पहिलो लहरमा पनि उनी संक्रमित भएका थिए । नगर प्रमुख शिवाकोटी , वडा नं १ का एकजना वडा सदस्य र वडा नं ४ का अर्का वडा सदस्यलाई संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख तुलसी पोखरेलले बताए ।
कोरोनाको तेस्रो लहर आएसंगै बिर्तामोडमा संक्रमण ह्वात्तै बढेको छ । यहाँ चार दिनमा १३१ जना संक्रमित थपिएको स्वास्थ्य शाखाले जनाएको छ ।
बुधबारसम्म यहाँ संक्रमित हुनेको संख्या १९४ जना पुगेको छ । कोरोना संक्रमण शुरु भएयता बिर्तामोडमा कोरोनाका कारण ६७ जनाको मृत्यु भएको छ । यता दमकमा एक जना वडाध्यक्षसहित स्थानीय सञ्चारकर्मीहरु समेत संक्रमित भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसैगरी बुधबार झापामा १५३ जना संक्रमित थपि एका छन् । मेची र कोटीहोम ल्याबमा १७८ जनालाई परीक्षण गर्दा ११२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बाहिरको ल्याबबाट ५ जना र एन्टीजेन विधिबाट ३६ जना संक्रमित थपिएका छन् , हाल जिल्लामा ३४६ महिला र ३७३ पुरुष गरी ७१९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ जना अस्पताल भर्ना भएका छन् भने अन्य होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.