
दमक,५ माघ । झापाको कचनकवल ४ केचना बजारमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदाँ एक जना भारतीयको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दक्षिणबाट उत्तर तर्फ आउँदै गरेका भारतीय नम्बर प्लेट बिआ ३७ सी ९००८ को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको बिआर ३७ इ १९९४ नम्बरको मोटरसाइकल एकाआपसमा ठोक्किदा भारतको कादोगाउँका सञ्जिव सिंहको मृत्यु भएको हो ।
मंगलबार दिउँसो भएको सो दुर्घटनाका घाईते सिंहको उपचारको क्रममा राती करिब साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा कचनकवल –४ का ३० बर्षिय प्रदिप गणेश , भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मिया गम्भिर घाईते भएका छन् । दुर्घटनामा संलग्न मोटरसाईकलका सवार सबैले मादकपदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी भद्रपुर ३ ज्ञानेचोकमा मे ३ प १५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा कचनकवल ६ का अस्नव अन्सारी र भारतीय नागरिक नासुब खातुन घाईते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए