
दमक,३ माघ । दमक जेसीजको ४१ औ बार्षिक साधारणसभा यहि माघ ७ गते हुने भएको छ । दमकको मेची सहकारी संस्थाको सभाहलमा विहान १० वजे हुने साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको महासचिव निरज आचार्यले बताए ।
उनले साधारणसभा भव्य तथा सभ्य रुपले सम्पन्न गर्न दमक जेसीजमा आवद्ध सदस्यहरु,पूर्व अध्यक्षहरु, सिनेटरहरुलाई अनिवार्यका लागि उपस्थिति भई दिन हुन अनुरोध समेत गरेका छन् ।
यसैवीच, दमक जेसीजको निर्वाचन सम्पन्न गर्न पूर्व अध्यक्ष भीमराज चम्लागाई निर्वाचन आयुक्त रहेको एक निर्वाचन समिति समेत गठन गरि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन समितिले दमक जेसीज बर्ष २०२२ का नयाँ नेतृत्वका लागि माघ ४ गतेदेखि ७ गतेसम्म निर्वाचन तालिका समेत सार्वजनिक गरिएको दमक जेसीज बर्ष २०२१ क अध्यक्ष सुयोग खरेलले बताएका छन् । जसअन्तर्गत माघ ४ गते दमक जेसीजको सचिवालयमा विहान ८ वजे विहान १०.३० वजेसम्म मतदाता नामावली प्रकाशन,दावी विरोध,उम्मेदवारी दर्ता,सदस्य तथा उम्मेदवारहरुको अन्तिम नामावली लगायतका कार्यक्रम तय गरिएको निर्वाचन आयुक्त चम्लागाईले जानकारी दिए ।
उनका अनुसार नेतृत्व चयनका लागि माघ ५ र ६ गते विहान ८ वजेदेखि उम्मेदवारहरुको क्लोप क्याम्प तालिम,माघ ७ गते दिउँँसो १ वजे ककस कार्यक्रम र सहमति नजुटे दिउँसो ३ वजेदेखि मतदान कार्यक्रम राखिएको छ । तालिम,ककस र मतदानका कार्यक्रम भने सहकारीको सभाहलमा हुने जनाईएको छ ।