उर्लाबारीमा विहानै दुर्घटना,विद्यार्थी बानियाँको मृत्यु

र्लावारी,२८ पुस । मोरङको उर्लाबारी ३ मंगलबारे स्थित सोल्टी पुलमा विहानै दुर्घटना हुदाँ एकको ज्यान गएको छ। मोटरसाईकलमा सवार उर्लावारी ७ का निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान करिव ५ ः ३० बजे प्रदेश १(०१०१२प७१५२ नम्वरको मोटरसाईकलमा सवार बानियाँ पश्चिमबाट पूर्वतर्फ जाने क्रममा बिपरित दिशाबाट आईरहेको को२ त ८२९६ नम्वरको ट्याक्ट्ररले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बानियाँ उर्लाबारी स्थित नेपाल दर्शन कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् । प्रहरीले टयाक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.