
दमक,२२ पुस । मानिस स्वभावले भिन्न छन्, चाहे त्यो आवरण या उसको व्यवहारनै किन नहोस । यस्तै ,भिन्न स्वभावको युवा मध्ये दमक ८ का कुमार नेपाल पनि एक हुन् ।
खाइलाग्दो जिउडाल देखिने ५० बर्ष हाराहारी पुगेका नेपाल भिन्न पहिचानमा रमाउदै आएका छन् । उनी परिवारको नालीवेली भन्दा आफू आफनै तवरबाट समाजमा परिचित हुन चाहन्छन् । सायद शरीरमा ट्याटु खोपेका उनी दमककै पहिला ट्याटुवाला पात्र पनि हुन् । दमकमा त्यसवेला ट्याटुको चलन नै भित्रीएको थिएन् । भन्छन्, –‘सायद २० वर्ष भो होला, काठमाण्डौमा ट्याटु खोपेको ,त्यो पनि दुई हजार तिरेर । ’ त्यसवेलाको दुई हजारले निकै खर्च टार्ने गरथ्र्यो । तर मनले त्यही गर्न चाहयो , आखिर अहिले पनि टयाटू लगाउने मन मरेको छैन् । शरीर भरि ट्याटु देखाउदै उनले ट्याटुले जति चिनायो ,अव दाह्ीको नयाँ पहिचान दिएर चिनिने सोच राखेको बताउँछन् ।
पछिल्ला समय युवापुस्तामा निकै लोकप्रिय बन्दै गएको ट्याटु खोप्ने चलनले विस्तारै वजार लिदै गएको छ । पश्चिमा मुलुकतिर एकबेला देखिएको ट्याटुको दुनियाबाट नेपाली समाज अछुतो रहन नसकेको उनको बुझाई छ । शरीर भरि ट्याटु खोपेका उनले त्यसका लागि अहिलेसम्म २ लाख जति खर्च भएको उनले सुनाए । भन्छन् ,–‘घरपरिवारको सहयोगले गर्दानै आफना शौखलाई पूरा गरिआएको छु ’
ट्याटुबाट विस्तारै उनी अव आफनो दाह्ीको अलग पहिचान बनाउने दाउमा छन् । दाह्ीलाई ‘डेढ लक’ गरेर आफनो शौखलाई भर्खरै शुरुवात गरेका छन् उनले । कपालको डेढलक हुदैआएपनि उनले दाह्ीको अलगै डेढलक गरेर आफूलाई अलग्गै परिचय दिने क्रममा लागेका छन् । एक साता अघि दमकको निलडेभिड हेयर सैलुनमा रु ५ हजार तिरेर उनले डेढलक बनाएका हुन् । अलग्गै पहिचान बनाउने क्रममा यो पनि नयाँ प्रयोग गरेको उनले बताए । सात वटा चुल्टा बाटेर डेढलक गरेका दाह्ीलाई भविष्यसम्म त्यसरीनै लैजाने सोचमा छन् उनी । सातासातामा त्यस दाह्ीको ट्रिटमेन्ट गरिआएका उनले यसलाई हुर्काउन उतिकै हेरचाह गर्नुपर्ने सुनाउछन् ।

ट्याटु र उस्तै अनौठो डेढलक दाह्ीबाट चिनिने आफनो शौखलाई कायम राख्न उनले उतिकै चुनौती पनि खेप्दैआएका छन् । बाटोमा हिडडुल गर्दा देखि कुनै कार्यालयसम्म काम लिएर जादाँ भने रमाइलो र दुख दुवै क्षण भोग्नुपरेको सुनाए । कतिपयले फटाहा,गुण्डा जस्तो संज्ञा पाएपनि भित्री रुपमा उनी त्यस्तो छैनन् । हिजोका दिनमा आफू विग्रीएको बताउने उनले आफू घरपरिवार,सामाजिक जनजीवनमा बाँधिसकेकाले पनि हिजोको सोच र व्यवहार आफूसंग नभएको जिकीर गरे । उनले भने,–‘समाजका विकृति विसंगति चिर्न तथा युवालाई सकरात्मक मार्गमा लैजान उत्प्रेरणा दिदैआएको छु ’
………………………………………………………………………………………………..
संभवत झापामै उनको यो दाह्ी डेढलक केहि मजवुत भएपछि त्यसमा सुनले श्रृङगार गर्ने योजना भएको उनी बताउँछन् । बाटिएका सातै ठाँउमा हल्का देखिने गरि सुनले नयाँपन दिने योजनामा रहेको नेपालको भनाई छ । उनी भन्छन्, –‘दाह्ीको डेढलकलाई अलग्गै विशेषताको रुप दिने सोचमाछु’
ट्याटु र उस्तै अनौठो डेढलक दाह्ीबाट चिनिने आफनो शौखलाई कायम राख्न उनले उतिकै चुनौती पनि खेप्दैआएका छन् । बाटोमा हिडडुल गर्दा देखि कुनै कार्यालयसम्म काम लिएर जादाँ भने रमाइलो र दुख दुवै क्षण भोग्नुपरेको सुनाए । कतिपयले फटाहा,गुण्डा जस्तो संज्ञा पाएपनि भित्री रुपमा उनी त्यस्तो छैनन् । हिजोका दिनमा आफू विग्रीएको बताउने उनले आफू घरपरिवार,सामाजिक जनजीवनमा बाँधिसकेकाले पनि हिजोको सोच र व्यवहार आफूसंग नभएको जिकीर गरे । उनले भने,–‘समाजका विकृति विसंगति चिर्न तथा युवालाई सकरात्मक मार्गमा लैजान उत्प्रेरणा दिदैआएको छु ’
एक श्रीमती,दुई छोरी ,एक छोराका धनी कुमार परिवार गुजारामा उतिकै खटिरहेका छन् । घरमै सोनिका सर्टिङ ,सुटिङ्ग र बुटिक व्यवसाय सञ्चालन गरिआएका उनले उत्पादित समान स्वदेश संगै विदेशका वजारसम्म समान पुरयाँउदैआएका छन् । गरिखानका लागि पेशा पनि गर्ने परयो, पसलमा भेटिएका उनले घरायसी गुजारामा परिवारको समेत उतिकै सहयोग मिलेको सुनाउँछन् । फूर्सदका समयमा पसलमा श्रीमतीलाई सघाँउने उनलाई परिवार धान्न पेशाले सहयोग पुग्दै आएको उनी बताउँँछन् ।
उनका अनुसार दाह्ीको डेढलकपछि उनलाई नयाँ कामको प्रस्ताव पनि आएको छ । आफनो गेटअप देखेर बाटोमा हिडिरहेका वेला एक निर्माताले नै फिल्म खेल्नका लागि अफर गरेको समेत सुनाए । मलाई सुहाउने चरित्रको भूमिका दिने कुरा भएको सुनाउदै उनले भने, –‘हेरुम, फिल्ममा आफू सुहाउदो भूमिका पाएभने खेल्ने छु ’ फिल्मको माध्यमबाट पनि समाज बदल्न सक्ने भएकाले पनि फिल्ममा अवश्य खेल्ने योजना उनको छ । भन्छन्, –‘फिल्ममा आएभने विल्कुल समाजको ऐनाका रुपमा प्रस्तुत हुने छु ’