
पथरीशनिश्चरे, २ पुस । मोरङको पथरीशनिश्चरे ८ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गरिएको छ ।नगर प्रमुख दिलीपकुमार राई तथा उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको सहभागितामा उक्त भवन उद्घाटन गरिएको हो ।
साथै, सखुवारास्थित वडाको आधारभूत स्वास्थ सेवा केन्द्र भवनको पनि आजै उद्घाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख राई, उपप्रमुख वास्तोला सहितले नगरले आफ्नो क्षमताले भ्याएसम्म वडा( वडामा विकास निर्माणको काममा गति दिएर नगरवासीको सेवामा निरन्तर लागि परिरहेको जोड दिएका थिए।
सोहि अवसरमा ४८ जना सहयोगदातालाई सम्मान गरिएको थियो । सम्मानका क्रममा वडाका महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका शिक्षक तथा कर्मचारी, ज्येष्ठ नागरिक सहितलाई समेत सम्मानित तथा पुरस्कृत गरिएको हो । वडाध्यक्ष बाबुराम दहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सोमबारे बजार व्यवस्थापन समितिको ३ कठ्ठा १० धुरमा स्थानीय ४८ जनाले कम्तिमा २० हजार रुपैयाँका दरले रकम सहयोग प्रदान गरी थप १ कठ्ठा जग्गा खरिद गरिएको जनाइएको छ ।