
पथरीशनिश्चरे, २ पुस । मोरङको विराटनगर महानगरपालिका वडा नं ७ स्थित एक अस्पतालमा उपचारका लागि आएका सर्वसाधारणलाई राम्रो चिकित्सिक सेवा उपलब्ध गराउने भन्दै ठगी गर्नेलाई प्रहरीले पक्रेको छ ।
विचौलियाको सम्पर्कमा भएका अस्पतालमा चिकित्सक राम्रो छ भन्नुका साथै कमिशन लिने फार्मेसीमा औषधी किन्न वाध्य गराउने ४ जना विचौलीयालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सर्वसाधारण नागरिकलाई दुख ,हैरानी दिने मोरङका विराटनगर महानगरपालिका वडा नं १९ का ४६ वर्षका विनोद राय, सोहि महानगरपालिका वडा नं ५ का ६० वर्षका रामा सुनुवार, र बर्ष ४५ का दिलिप साह र विराटनगर महानगरपालिका वडा नं १२ बस्ने बर्ष ३९ का शिव कुमार कामतलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रहरीले यस्तो किसिमको ब्यवहारबाट सर्वसाधारण जोकोही पनि पीडित हुनु भएको छ वा हुन गई रहेको थाहा भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्नु हुन समेत अनुरोध गरिएको छ।