हतियार प्रहारवाट दमकमा एक जना युवाको मृत्यु

दमक ,२९ मंसिर । अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक बजारमा आज राती एक जना युवाको हत्या भएको छ । दमक -६ स्थित घिमिरे मार्केटमा आज राति ७ वजेतिर अज्ञात व्यक्तिले चलाएको हतियार प्रहारबाट दमक -२ का २५ बर्षिय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
हतियार प्रहारबाट गंभीर घाईते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल लगिएकोमा तत्कालै मृत्यु भएको प्रनाउ कार्कीले बताए । घटनामा कारण खुल्न सकेको छैन् । प्रहरीले सो घटनाबारे आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.