
मोरङ, २७ मंसिर । रुखबाट लडेर मोरङ्गको रतुवामाईमा एक जना बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका १० सोमबारेकी ७३ बर्षिया डम्बर कुमारी दाहाल रहेकी छन् ।
आइतवार दिँउसो साढे २ बजे रतुवामाई १० मा घाँस झार्ने क्रममा रुखबाट लडेर घाईते भएकी दहाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर र्पुयाईएकोमा उपचारको क्रममा आइतवार बेलुका साढे ४ बजे मृत्यु भएको हो ।
यसैगरि , स्कारपियोको ठक्करबाट मोटरसाईकल चलकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी ईटहरी उपमहानगरपालिका ६ का ३४ बर्षिय शंकर पोख्रेल रहेका छन् ।
पथरीशनिश्चरे नगरपालिका २ जयचोक स्थितमा बा २० च २१६२ नम्बरको स्कारपियोले प्रदेश १ –०२ –०४४ प ९९४२ नम्बरको मोटरसाईकललाई आइतवार विहान १० वजेतिर ठक्कर दिँदा घाईते भएका पोख्रेललाई उपचारको लागि पथरी अस्पताल पु¥याईएकोमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको हो ।
स्कारपियो र चालक सप्तरी फत्तेपुर नगरपालिका १ का २६ बर्षिय रोशन बिकलाई ईलाका प्रहरी कार्यालय पथरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाईएको छ ।