प्रदेश १ का ११ स्थानीय तह विपत संकटग्रस्त क्षेत्र

दमक, २३ मंसिर । इलामका ६ वटा स्थानीय तह विपतको उच्च जोखिममा रहेको पाईएको छ । सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपत सङ्कटग्रस्त क्षेत्रमा इलामका ६ वटा स्थानीय तह पनि समेटिएको हो ।
गृह मन्त्रालयका अनुसार प्रदेश १ को धनकुटा,पाँचथर र इलामका ११ स्थानीय तह विपत संकटग्रस्त क्षेत्रमा रुपमा घोषणा गरिएको छ । विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी सरकारले सो घोषणा गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
सङ्कटग्रस्त क्षेत्र घोषणा हुनेमा एउटा उपमहानगरपालिका, चार नगरपालिका र २८ गाउँपालिका रहेका छन् । ती स्थानीय तहमा तीन महिनाका लागि सो घोषणा गरिएको उनले जानकारी दिए ।
यसरी विपत संकटग्रस्त स्थानीय तहको सूचीमा इलामको इलाम नगरपालिका, सूर्योदय नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका, देउमाइ गाउँपालिका र सन्दकपुर गाउँपालिका रहेका छन् । त्यस्तै, पाँचथरको फिदिम नगरपालिका, मिक्लाजुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र तुम्बेवा गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिका रहेको उल्लेख छ ।
इसैगरि , सुदूरपश्चिम स्थित छ जिल्लाका २० स्थानीय तह, लुम्बिनी प्रदेशको एक जिल्लाका दुई स्थानीय तह विपत सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
मन्त्रालयका प्रवक्ता पोख्रेलका अनुसार असोजमा अनपेक्षित रूपमा भएको वर्षाका कारण आएको बाढीपहिरोबाट बढी क्षति भएका तथा बस्ती नै सार्नुपरेका जिल्लाका स्थानीय तहलाई विपत सङ्कट क्षेत्र घोषणा गरिएको र ती स्थानीय तहमा पुनर्निर्माणको कामसमेत सुरु गरिने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published.