झापाबाट एक दर्जन केन्द्रीय सदस्यका आकांक्षी

मक,२२ मंसिर । नेपाली कांग्रेसको १४ औ महाधिबेशन नजिकिएपछि उम्मेदवारका आकांक्षी बढ्दै गएका छन् । उम्मेदवार बन्न चाहनेहरुले धमाधम आफना उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
यसैक्रममा झापाबाट पार्टी केन्द्रीय पदाधिकारीसहित सदस्यहरुमा उम्मेदवारी घोषणा गर्नेको संख्या एक दर्जन बढी भईसकेको छ । यसरी उम्मेदवार घोषणा गर्नेहरुमा पार्टी प्रवक्ता समेत रहेका मेचीनगर निवासी बिश्वप्रकाश शर्माले महामन्त्रीमा आफनो उम्मेदवार घोषणा गरिसकेका छन् ।
पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेहरुमा झापा क्षेत्र न. ५ बाट मात्र आधा दर्जन पुगेका छन् । झापा,क्षेत्र न. ५ बाट संघीय संसदकी सदस्य महेन्द्रकुमारी लिम्बू, शुरेस सुब्बा, मेदनीप्रसाद सिटौला, अमर बराईली,तुलसा पन्त, डा. खगेन्द्रपाण्डव अधिकारी ,अनिलकृष्ण प्रसाई,सत्यनारायण चौधरीलगायत छन्। ती मध्ये पन्त कमलकी,अधिकारी र प्रसाई गौरादहका हुन भने अन्य सवै दमकका हुन् ।
यसैगरि , कांग्रेस झापाका पूर्व सभापति शुधिरकुमार शिवाकोटी,उमा शिवाकोटी,शुसिला ढकाल लगायतले उम्मेदवार घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.