कमल प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकालाई

दमक,१६ मंसिर । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकाले उचालेको छ ।आज सम्पन्न फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि जितेको हो ।
बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा गाउँपालिकाले २५–१६, १७–२५, २२–२५ र २०–२५ को सेटमा पराजित गर्दै उपाध्यक्ष कपको उपाधि आफ्नो कब्जामा पारेको हो ।
उपाधिसँगै विजेता झापाले नगद रु १ लाख १ हजार सहित ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गरयो भने उपविजेता बनेको बाह्रदशीले नगद रु ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापा गाउँपालिकाका रोहित शिवाकोटीले प्राप्त गरे ।
प्रतियोगितामा बाह्रदशी गाउँपालिकाले कन्काई नगरपालिकालाई २५–२२, २२–२५, २५–१७ र २५–१९ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो भने झापा गाउँपालिकाले भद्रपुर नगरपालिकालाई २५–२१, २५–२० र २५–२२ को सोझो सेटमा पाखा लगाउँदै फाइनल प्रवेश गरेको थियो । विजेता तथा उपविजेता टोलीलाई कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन् ।
कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक चतुरभुज सुवेदीको अध्यक्षतामा भएको समापन समारोहमा गाउँपालिकाका उपाध्यक्ष वेनु प्रसाद सिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, वडाध्यक्षहरु केदार कटुवाल, तारानाथ न्यौपाने, नरप्रसाद दंगाल, प्रेम बहादुर राई, डम्बर निरौला, नरेन्द्र भट्टराई ,पृथ्वीपति राई,कमल गाउँपालिका शिक्षा समिति सदस्य गौरिमान फागो, कमल गाउँपालिकामा रहेका पार्टी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय भलिबल खेल प्रतियोगितामा प्रदेश नं १ का एम्पायर रोशन दाहाल, मेचीनगरका संजय अधिकारी, सुनसरीका प्रकाश चौधरी, प्रज्वल धिमाल, अविनाश धिमाल र असिम राईले एम्पायरको भुमिका निर्वाह गरेका थिए ।
कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय भलिबल प्रतियोगितामा जिल्लाका १० वटा पालिकाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.