किरात चौंकमा मंसिर १७ गते लाइभ कन्सर्ट

कमल,१४ मंसिर । झापा, कमल गाउँपालिका ४ स्थित किरात चौंकमा यहि मंसिर १७ गते लाइभ कन्सर्ट हुने भएको छ । स्थानीय नवज्योति सयपत्री क्लवको आयोजनामा हुने खुला कन्सर्टमा नेपाल टेलिभिजनबाट प्रशारित हुने रियालिटी शो ‘नेपाल स्टार २०७७ ’ का पावर प्याक प्रफमर सिद्धार्थ खड्काको प्रस्तुति रहने क्लवका अध्यक्ष सुर्यप्रसाद लिम्बूले जानकारी दिए । स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने उक्त लाइफ कन्सर्टको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उनले जनाए ।
साँझ ६ वजेदेखि शुरु हुने सो लाइभ कन्सर्ट राती अवेरसम्म सञ्चालन हुने जनाइएको छ ।
२०६९ सालमा स्थापना भएको क्लवले स्थानीय स्तरमा विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गरिआएको क्लवका सचिव कुवेर धन अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published.