
उर्लावारी ,२० कार्तिक । विद्युत सर्ट भई मोरङको उर्लाबारीमा एक जना बृद्धको ज्यान गएको छ । उर्लावारी नगरपालिका ७ कुलुङ चोकका ७२ बर्षीय रघुनाथ खतिवडाको विद्युत सर्ट भई करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
पानी खाने टयूवेलको मोटर खोली कल चलाउने क्रममा हिजो वेलुका अचानक विद्युत चुहिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।