
दमक,१९ कार्तिक । दमकको वेलडाँगी र इलामको देउमाईमा भएका दुई अलग आगजनीका घटनामा लाखौं मूल्यका धनमालमा क्षति पुगेको छ ।
प्रहरीका अनुसार दमक- ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई वटा छाप्रामा आगलागी भएको छ । आगलागीबाट छाप्रा पूर्ण रुपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय इकाईका प्रमुख सुरेन्द्रराज दाहालले बताए ।
उनका अनुसार शिविरका मधु चापागाईं र अमर बहादुर मगरको घर पूर्ण रुपमा क्षति भएको छ । आगलागी इलाका प्रहरी कार्यालय दमकको टोली, सशस्त्र प्रहरी बेलडाँगी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
दाहालका अनुसार लक्ष्मी पुजामा दियो बाल्ने क्रममा अमर बहादुर मगरको घरबाट आगो सल्किदा मगरसहित छिमेकी चापागाईको छाप्राका भाडावर्तन ,खाद्यान पूर्ण रुपमा नष्ट भएको थियो ।
यसैगरि, इलामको देउमाई नगरपालिकामा एक घरमा आगलागी हुँदा ६१ लाख बराबरको क्षति भएको छ । देउमाइ नगरपालिका २ महबिर बस्ने चन्द्र प्रसाद पौडेलको ढुङ्गा माटो काठ र टिनको छानो भएको घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल लष्ट भएको हो । २ तल्ले घरमा अचानक बिधुत सट भई आगलागी हुदा घर भित्र भएको किराना पसल, दुध डेरीका सामग्रीहरु जलेर नष्ठ भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्र कुमार श्रेष्ठले बताए ।
आगलागी रक्से प्रहरी चौकीबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएपछि मानविय र पशु चौपायामा क्षति हुन सकेन । आगलागीबाट पाच लाख, सुन १० तोला, चामल ३० बोरा, गाईले खाने बराइन २५ बोरा, चामलको कनिका ८ बोरा, मकैको च्याख्ला १० बोरा,गंहु ६ बोरा जलेर नष्ठ भएको छ । त्यस्तै खाने तेल १५ काटन, अलैची ५ मन,चिनी ८० केजी, मैदा २ बोरा, पसलको खुद्रा सामान १ लाख ५० हजार बराबरको र चांदी १ तोला नष्ठ भएको हो ।
आगलागीबाट डेरीको समान १ लाख २० हजार,घ्यु ५५ केजी ओढ्ने ओछ्याउने,भाडा बर्तन क्षति भएको प्रहरीले जनाएको छ ।