
झापा , १६ कात्तिक । तेह्रथुमको फेदाप गाउँपालिका–२ भित्री सडकखण्डमा आज बिहान ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने सह–चालक घाईते भएका छन् । यसरी मृत्यु हुनेमा ट्रक चालक काभ्रेपलान्चोक घर भएका २७ बर्षीय रोहित अधिकारी रहेका छन् ।
प्रहरीका अनुसार बिहान राति साढे १ बजेको समयमा ओसीडाँडादेखि सदरमकुकाम म्याङलुङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा ट्रक चालक अधिकारी र सह–चालक २४ बर्षीय सुदिप राई घाईते भएका थिए । घाईते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल म्याङलुङ पठाईएकोमा उपचारको क्रममा चालक अधिकारीको मृत्यु भएको तथा सह–चालकको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।