
पाँचथर, ३ कात्तिक । बाढीपहिरोमा परी इलाममा १४ र पाँचथरमा २१ जना गरि ३५ जनाको मृत्यु भएको छ । इलामको फाकफोक थुङ गाउँपालिकामा ७ जना, सुर्योदय नगरपालिकामा ३ जना, माङसेबुङ गाउँपालिकामा २ जना, माइनगरपालिकामा १ जना र देउमाई नगरपालिकामा खोलाले बगाउँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी २१ जनाको मृत्यु ३ बेपत्ता भएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अम्मर माखिमले जानकारी दिए । प्रहरीले भने मृत्यु पुष्टि गरेको छैन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार जिल्लाका विभिन्न ठाउँमा पहिरोमा परी ८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
यसैगरि, पहिरोले मेची राजमार्ग ठाउँ— ठाउँमा अबरुद्ध भएको प्रहरीले जनाएको छ । मेची राजमार्गस्थित रक्सेमा पहिरोले बाटो बगाउँदा यात्रुले सास्ती ब्यहोरनु परेको छ । सडक खुलाउने प्रयास भई रहेको भएपनि तत्काल सञ्चालनमा ल्याउन समस्या रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।