
कमल, २१ असोज। कमल- ५ गुहेश्वरी स्थित खेल मैदानमा जारी स्व. सौरभ स्मृति कपको आज भएको खेलमा शिवसताक्षीको फाक्तेप एफएफसी विजयी भएको छ ।
पहिलो चरणको जारी अन्तिम खेलमा फाक्तेपले नवदिप युवा क्लवलाई १ का बिरुद्ध ४ गोल गरि जित हासिल गरेको हो । जितसंगै फाक्तेप दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ ।
तीन वर्ष अघि सडक दुर्घटनामा परि निधन भएका कमल -६ जिम्दार चौक निवासी स्व.सौरभ ताजपुरियाको स्मृतिमा सोमबारदेखि फूटवल प्रतियोगिता शुरु भएको हो ।
आयोजक स्व. सौरभ स्मृति कपका संयोजक गचन सुब्बाका अनुसार आजको खेलको म्यान अफ दि म्याचबाट मनिष लिम्बू घोषित भए । उनले खेलमा हयाटिक गर्न सफल भएका थिए । प्रतियोगिताको फाइनल खेल असोज २४ गते हुने जनाइएको छ ।
संयोजक सुब्बाका अनुसार प्रतियोगितामा झापा,मोरङ र इलामका विभिन्न आठ वटा टिम सहभागि छन् ।जसअन्तर्गत भोलि शुक्रवारदेखि सेमिफाइनलको पहिलो खेल सृजना स्पोर्टिंग क्लव र केर्खा स्टार वीच खेल हुने छ ।
प्रतियोगितामा विजेतालाई नगद रु ५५ हजार र उपविजेतालाई नगद रु २५ हजार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।