
पथरीशनिश्चरे, १५ असोज ।हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १६ औं वार्षिक साधारणसभामा दुई संचारकर्मीसहित विभिन्न नौ जनालाई सम्मान गरेको छ ।
शुक्रबार उक्त वन समूहले पत्रकार प्राइम टेलिभिजनका समाचारदाता कुमार खड्का र क्रेजी साप्ताहिकका पत्रकार ईश्वर दुलाललाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरेको हो ।
सोहि अवसरमा उक्त वन समूहका पूर्व पदाधिकारीहरु क्रमशः रोहित बास्तोला, कुमारी शाही, चन्द्रकला गुरुङ, खड्गप्रसाद राई, टंकप्रसाद घिमिरे, कृष्णप्रसाद घिमिरे र भक्तबहादुर लकान्द्रीलाई सम्मान गरिएको थियो ।
समूहका अध्यक्ष काबुलबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरका प्रवक्ता यामप्रसाद गुरागाई, वैज्ञानिक वन सञ्जालका केन्द्रीय उपाध्यक्ष दिलराम राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, हरियाली वन कम्पनी अध्यक्ष अशोक साम्पाङ राई , वन समूहको लेखापरीक्षक सीए एकराज सिग्देल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा वन समूहको वार्षिक प्रतिवेदन अध्यक्ष काबुलबहादुर मगर, आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिलबहादुर तामाङ र लेखा समितिको प्रतिवेदन संयोजक रमेश दाहालले प्रस्तुत गरेका थिए ।
हरियाली वन क्षेत्रको कुशल वन व्यवस्थापन गरेकोमा एक महिना अघि समूहका अध्यक्ष काबुलबहादुर मगरलाई नेपालकै प्रथम घोषणा गरी वन क्षेत्रको राष्ट्रिय अभियान्ताको रुपमा सरकारले सम्मान सहित पुरस्कृत गरि सकेको छ ।
सो सामुदायिक वन समूहले झण्डै तीन सय क्षमताको एसीसहितको सभा हल निर्माण सम्पन्न गरेको छ भने ५० करोड बढीको योजनामा पर्यटन प्रवद्र्धनका निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । वन क्षेत्रको जडीबुटीजन्य वनस्पति तथा वन्यजन्तुहरूको संवर्द्धन तथा संरक्षणका लागि उपभोक्ताहरुबाटै पब्लिक कम्पनी दर्ता गरेर काम सुरु भइसकेको छ ।