मेची नदीले बगाएर महिलाको मृत्यु

काँकडभिट्टा , ३ असोज । मेची नदीले बगाएर एक महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नं ६ भट्टराई चोक बस्ने पाण्डव राजवंशीकी श्रीमती ३५ वर्षिया कमला राजवंशीको शव मेची नदीले बगाएर ल्याएको अबस्थामा फेला परेको हो ।
आइतबार बिहान १ बजे मेचीडाँडा नजिक मेची खोलाले बगाएको भनी ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजी गर्ने क्रममा बिहान ८।४० बजे बगाएको स्थानबाट अन्दाजी डेढ किलोमिटर दक्षिणपट्टी भारत दार्जिलिङ अनन्तराम जोतस्थित मेची खोलाको किनार महिला मृत अवस्थामा फेला परेको र कानुनी प्रकृयाको लागि भारतीय प्रहरीसंग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।.
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
दमकमा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । दमक ५ बस्ने ४० वर्षीय कविराज बुढाथोकीको शनिवार अपरान्ह माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीय दिपीनी खोलामा विद्युतीय करेन्टको प्रयोग गरी माछा मार्ने क्रममा घाइते बुढाथोकीको उपचारको क्रममा लाइफ लाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.