नेपालको संविधान ‘हात्ती आयो हात्ती आयो फुस्स’

देशका सबै जातजाति, भाषाभाषी ,वर्ग र समुदायले राष्ट्रको संविधानलाई हृदयबाटै अपनत्व ग्रहण गर्दैनन वा ग्रहण हुने वातावरण सृजना गराइदैन तब सम्म देशमा स्थायी शान्ति,सुशासन, विकास र समृद्धिको बाटोमा राष्ट्रलाई एकताबद्ध बनाएर अघि बढाउन सकिने अवस्था रहँदैन् । आज असोज ३ गते नेपालको संविधान ०७२ जारी गरेको दिन । राष्ट्रले आजको दिनलाई संविधान दिवसको रुपमा मनाईरहेको छ भने यो संविधानले आफ्ना माग,अधिकार र सहभागिताको सुनिश्चितता नगरेको भनी विभिन्न जातजाति, भाषाभाषी र आदिवासीले आजको दिनलाई कालो दिनको रुपमा लिइरहेको अवस्था छ । संविधान हुनेखानेहरुका लागि मात्र सार्थक भएकाले हुदाखानेहरूको लागि निरर्थक भएको छ । त्यसैले विसौनिको जिब्रो पडकाउनु भन्दा धार्नीको टाउको हल्लाउनु नै बेस भने जस्तै नेपालको संविधान सर्वसाधारणहरुका लागि छ कि छैन भनी टाउको हल्लाउनु शिवाय रत्ति छैन् । त्यसैले नेपालको संविधान ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको छ ।

………………………………………………………………………………

नेपालको बहुदलीय प्रजातान्त्रिक आन्दोलन २०४६ को फागुन ७ गते बाट सुरु भई चैत्र २६ गते सम्म चलेको थियो र बृहत आन्दोलन पश्चात नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भई दलिय व्यवस्थाको घोषणा गरिएको थियो । नेपालमा पटक पटक व्यवस्था परिवर्तनको लागि संघर्षको घोषणा गर्ने गरिएको छ । २०४६ सालको आन्दोलनको मुख्य एजेण्डा पनि एउटा व्यावस्थाको अन्त्य गरी अर्को व्यवस्थाकाको ग्यारेन्टी गर्नु थियो । नेपालको आमूल परिवर्तनका लागि यो नै पहिलो जनआन्दोलनको घोषणा गरिएको थियो ।२००७ सालको आन्दोलन जहानिया राणा शासन अन्त्यको लागि थियो भने २०४६ सालको आन्दोलन व्यवस्था परिवर्तनको लागि उदघोष गरिएको थियो ।
जनताको बलिदानीपूर्ण सहभागिता पश्चात देशमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भई दलित व्यवस्थाको स्थापना भयो। दलीय व्यावस्था अनुसारै राजा र राजनैतिक दल को पूर्ण सहभागितामा नेपालको संविधान २०४७ जारी प्रजातान्त्रिक संविधान २०४७ अनुसार नेपालमा संसदीय व्यावस्था अनुसारै संसद्को निर्वाचन हुने र निर्वाचित संसद बाट सरकार गठन हुने व्यावस्था भयो। यही संविधान अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संरचना तयार भयो । प्रतिनिधिसभाको काम सरकार बनाउने र गिराउने मा नै केन्द्रित रह्यो ,परिणामस्वरूप ०४७ सालको संविधान र संसदीय व्यावस्था धरापमा पर्न गयो ।
समय, परिस्थिति र विकसित बदलिँदो घटनाक्रम अनुसार २०४७ सालको संविधान र संसदीय व्यावस्थाले देशका अधिकांस जातजाति, भाषाभाषी ,लिंग,वर्ग, संस्कृति र सम्प्रदायको प्रतिनिधित्व गर्न नसकेको र राष्ट्रिय विकासको मूलधारबाट आदिबासी ,जनजाति,मधेसी,मुसलमान,अल्पसंख्यक जाती,दलित , उत्पीडित र गरीबलाई विमुख पारेकाले पुनः समग्र आमूल परिवर्तनको लागि जन विद्रोह सुरु भयो । जन विद्रोहले जन क्रान्तिको रूप धारणा गरयो र परिणामस्वरूप तेस्रो जनआन्दोलन ०६२र०६३ को जन्म भयो । लामो जनविद्रोह पश्चात नेपाली राजनैतिक दल,विद्रोही पक्ष र सरकारबीच बृहत शान्ति सम्झौता सम्पन्न भयो । बृहत शान्ति सम्झौता
लाई टेकेर नयाँ संविधानको निर्माण गर्न संविधान सभाको निर्वाचन सम्पन्न भयो । संविधान सभाबाट नेपालको संघीय गणतन्त्रको प्रत्याभूति हुने गरी नेपालको संविधान २०७२ त जारी भयो तर यस संविधानले पनि नेपालका अधिकांश जनजाति ,आदिबासी, मधेसी,दलित र उत्पीडीत जातिको प्रतिनिधित्व गर्न नसकेको र संविधान देशको मुलकानुन बन्नुको साटो हुने खानेहरुका लागि मात्र यो संविधान सार्थक बनेको र हुँदा खानेहरुका लागि निरर्थक रहेको भनी फेरि विद्रोह र विमतिको आवाज उठिनै रहेको छ । पटक पटकको संविधान निर्माणको भुमरीमा घुमिरहेको नेपालको संविधान निर्माण प्रक्रिया प्रतिको विमति र विद्रोहको आवाज परालको आगो झैं भित्र भित्रै सल्किरहेको छ । विद्रोह र विमतिको ‘राग’ लाई सहमति र अर्थपूर्ण सहभागिताको साथले निभाउनु अति जरुरी छ ।

जबसम्म देशका सबै जातजाति, भाषाभाषी ,वर्ग र समुदायले राष्ट्रको संविधानलाई हृदयबाटै अपनत्व ग्रहण गर्दैनन वा ग्रहण हुने वातावरण सृजना गराइदैन तब सम्म देशमा स्थायी शान्ति,सुशासन, विकास र समृद्धिको बाटोमा राष्ट्रलाई एकताबद्ध बनाएर अघि बढाउन सकिने अवस्था रहँदैन् । आज असोज ३ गते नेपालको संविधान ०७२ जारी गरेको दिन । राष्ट्रले आजको दिनलाई संविधान दिवसको रुपमा मनाईरहेको छ भने यो संविधानले आफ्ना माग,अधिकार र सहभागिताको सुनिश्चितता नगरेको भनी विभिन्न जातजाति, भाषाभाषी र आदिवासीले आजको दिनलाई कालो दिनको रुपमा लिइरहेको अवस्था छ । संविधान हुनेखानेहरुका लागि मात्र सार्थक भएकाले हुदाखानेहरूको लागि निरर्थक भएको छ । त्यसैले विसौनिको जिब्रो पडकाउनु भन्दा धार्नीको टाउको हल्लाउनु नै बेस भने जस्तै नेपालको संविधान सर्वसाधारणहरुका लागि छ कि छैन भनी टाउको हल्लाउनु शिवाय रत्ति छैन् । त्यसैले नेपालको संविधान ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको छ । दमक,झापा

Leave a Reply

Your email address will not be published.