पथरीमा कंञ्चनजंघा बहुउद्देश्यीय सहकारीको सेवा केन्द्र

पथरीशनिश्चरे , १८ भदौ । दमक ८ मा मुख्य कार्यालय रहेको कंचनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाले आजदेखि मोरङको पथरी बजारमा चौथो सेवा केन्द्र खोलेको छ ।
सेवा केन्द्रको आज शाखा मोरङको पथरीशनिश्चरे नगर उपप्रमख यमुना विष्ट वास्तोलाले उद्घाटन गरिन् । उनले सेवा केन्द्रको उद्घाटन गर्दे उनले समग्र नगरको विकासका लागि सहकारी संस्थाको भूमिका उल्लेखनीय रहने वताईन्।
उप प्रमुख वास्तोलाले नगरमा आएको सहकारीको शाखाले स्वस्थ र पारदर्शिक रुपमा सहकारी अभियान सञ्चालन गरेर नगरको हितमा काम गर्न शुभकामना दिईन् ।
सहकारीका अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी अभियन्ता विनादेवी राई समेतले मन्तव्य व्यक्त गरेकी थिइन् ।
०५६ सालमा स्थापना भएको उक्त सहकारीको हाल ६८ करोड ६० लाख बराबरको बजेट रहेको छ ।

Leave a Reply

Your email address will not be published.