
दमक ,१८ भदौ । किरात याक्थुङ् चुम्लुङले आफनो स्थापन स्थापना विभिन्न कार्यक्रम गरि मनाएको छ । यसैक्रममा झापा शाखाको आयोजनामा विहिबार ३३ औं चुम्लुङ् स्थापना दिवस विर्तामोडस्थित चुम्लुङहिममा सम्पन्न भएको छ ।
चुम्लुङका केन्द्रीय सदस्य पूर्णबहादुर हाङश्रोङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कियाचु इजरायल कल्याणकारी कोषबाट प्रत्येक वर्ष वितरण गरिँदै आएको छात्रवृत्ति र कियाचु सहयोग कोषबाट वितरण गरिने १० हजारको छात्रवृत्ति यसवर्ष दमक–१ स्थित पृथ्वी मावि कक्षा १० मा अध्ययनरत इन्द्रबहादुर सम्बाङफे लिम्बूलाई प्रदान गरिएको थियो भने कियाचु सहयोग कोषबाट जनही ५, ५ हजारको छात्रवृति वापत बाह्रदशी निवासी पञ्चमणी माविमा कक्षा ९ का विद्यार्थी सुदिप नेम्बाङ् र कक्षा १० की आशिका जबेगुलाई प्रदान गरिएको थियो । छात्रवृति चुम्लुङकी केन्द्रीय सदस्य विष्णुमाया चेम्जोङ् र अतिथि राष्ट्रिय चुम्लुङ् सदस्य शिवकुमार मेन्याङ्वोले वितरण गरेका थिए ।
कोरोना महामारीको बावजुद पनि स्वास्थ्य मापदण्डलाई पालना गरी सम्पन्न गरिएको थियो । त्यस अवसरमा प्रमुख अतिथि हाङश्रोङ ,विशिष्ठ अतिथि केन्द्रीय सदस्य विष्णुमाय चेम्जोङ, राष्ट्रिय चुम्लुङ् सदस्य शिवकुमार मेन्याङ्वो, राष्ट्रिय चुम्लुङ सदस्य महेन्द्र लावती, कियाचु लिम्बुवान प्रदेश समिति सदस्य तथा मुक्कुम्लुङ् संघर्ष समिति झापाका अध्यक्ष इक्साहाङ् चेम्जोङ, जिल्ला चुम्लुङ् सदस्य तथा नेपाल आदिवासी जनजाति समन्वय समिति मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङ्, जिल्ला सदस्य तथा कियाचु मेचीनगर अध्यक्ष दिलीप आङ्देम्बे, जिल्ला सदस्य तथा कियाचु भदपुर शाखा अध्यक्ष शर्मिला आङ्देम्बे, जिल्ला सदस्य तथा बुद्धशान्ति शाखा अध्यक्ष तारा लिम्बू, कियाचु विर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, जिल्ला सदस्यहरु इन्द्रबहादुर इङ्नाम, रुद्र तबेबुङ् लगायतले चुम्लुङ् स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।
चुम्लुङका जिल्ला अध्यक्ष सेसेहाङ् फियाक लिम्बूको अध्यक्षतामा सम्पन्न दिवस कार्यक्रमको स्वागत मन्तव्य जिल्ला चुम्लुङ् सदस्य योगचन्द्र आङ्बोहाङ्ले व्यक्त गरेका थिए । त्यस्तै जिल्ला चुम्लुङ् सचिव प्रेमचन्द्र लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए ।
यता चुम्लुङ दमकले पनि विहिबारनै ३३ औ स्थापना दिवस मनाएको नगर अध्यक्ष देवेन्द्र चेम्जोङले बताएका छन् । किरात भवनस्थित आफनै सभाकक्षमा एक कार्यक्रम गरि लिम्बू जातिबाट प्रहरी प्रशासनमा योगदान पुरयाँउने इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल मावोहाङलाई कार्य सफल्ताको शुभकामना दिदै सम्मान गरिएको थियो ।