
दमक,१२ भदौ । दमक -६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमीटेड सञ्चालक समितिको अध्यक्षमा पुनः नारायण प्रसाद भट्टराई चुनिएका छन् ।
छैठो कार्यकालका लागि आज सम्पन्न भएको निर्वाचन कार्यक्रमबाट पुनः भट्टराईको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति चयन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा पदम थापा,महिला उपाध्यक्षमा शान्ता गौतम,सचिवमा राजेन्द्रप्रसाद दाहाल र सदस्यहरुमा काशीनाथ थपलिया,डिल्लीप्रसाद न्यौपाने,रामकुमारी तामाङ,मिनाकुमारी कोइराला,खेमराज घिमीरे,कृष्णप्रसाद शर्मा,सीता कार्की, होमनाथ गुरागाई,मन्जुकुमारी फूयल,गणेशबहादुर तामाङ र नरपति पाण्डे चुनिएका छन् ।
यस्तै ,हरिप्रसाद चापागाईको संयोजकत्वमा सुमित्रा सुवेदी र कृष्णप्रसाद दाहाल रहेको तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत सर्वसम्मत निर्वाचित गरेको जनाईएको छ ।