मेची सहकारीद्धारा दर्जनौ व्यक्तित्व सम्मानित

पुरस्कार ग्रहण गर्दे पत्रकार राई

दमक,१२ भदौ । दमक- ६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आज एकैसाथ दर्जनौ व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाको आज आफनो २५ औं वार्षिकोत्सव तथा २७ औं साधारणसभाका अवसर पारेर पत्रकार,सहकारी अभियान्ता,सहकारी संस्थामा योगदान पुरयाँउने २१ जना अग्रजसहित गरि एकैसाथ २५ जनालाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य समेत रहेका झापा, बिर्तामोडस्थित रेडियो भिजनका सञ्चालक गणेश पोख्रेललाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । संस्थाका पूर्व स्व.गणेश प्रसाद बस्नेतको स्मृतिमा स्थापित ‘ गणेशप्रसाद बस्नेत उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट यसवर्ष पत्रकार पोख्रेललाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी रु १० हजार र सम्मान पत्र रहेको छ ।
त्यस्तै, यसवर्षको ‘गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार’ राष्ट्रिय सहकारी बैकका अध्यक्ष केवी उप्रेतीलाई प्रदान गरिएको छ । सहकारीका क्षेत्रलाई अगुवाई गरिआएका उप्रेतीलाई रु ३० हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।
यस्तै, संस्थाले सहकारी क्षेत्रमा कलम चलाउने पत्रकार मध्येबाट मोरङ ,पथरीका पत्रकार सन्तोष राई र सञ्चार गृहतर्फ दमकको हिमशिखर टेलिभिजनलाई समेत नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको सहकारीका व्यवस्थापक खोमप्रसाद बगालेले बताए ।
संस्थाका अध्यक्ष नारायण भट्टराईको अध्यक्षता तथा प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि साधारणसभा सम्पन्न गरिएको थियो ।
नगरप्रमुख ओलीसहित २१ जनालाई सम्मान
त्यसैगरि सहकारी संस्थामा योगदान पुरयाँएवापत दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित २१ जनालाई जनही नगद १० हजार,सम्मानपत्रसहित सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा लोकबहादुर अधिकारी,भवानी प्रसाद दाहाल, सिताराम खतिवडा,हरि चापागाई, गंगाप्रसाद ढकाल,झमनारायण पौडेल, ऋषिकेशचापागाई, कोमल प्रसाद प्रसाई, बालकृष्ण खनाल,रुद्रप्रसाद सुवेदी, बेदन्त ठकुरी, चुडामणि आचार्य,होमनाथ गुरागाई, पदम थापा, खगेन्द्रप्रसाद अधिकारी, काशीनाथ थपलिया, नेत्रप्रसाद खनाल, कुन्ता पौडेल, कमल प्रसाद सुवेदी ,खोमप्रसाद बगाले ,टिका कुमारी भट्टराई र दुर्गाप्रसाद भण्डारी रहेका छन् ।
तीन कर्मचारी पुरस्कृत
सहकारीमा उत्कृष्ठ काम गरे वापत यसवर्ष तीन जना कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा भेषराज थापा, शिवप्रसाद निरौला र सृजना नेपाली रहेका छन् । उनीहरुलाई नगद जनही ५ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.