देशभर भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

झापा,१२ भदौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही-केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारीरधेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारीरधेरै भारी सम्भावना रहेको छ।

सोमबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी र धेरै भारी सम्भावना रहेको छ।भीषण वर्षाका कारण पहाडी भेगमा पहिरो र नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

अढाई महिनामा ८५ जनाको मृत्यु, ४४ बेपत्ता
यस वर्ष मनसुन सुरु भएयता नेपालमा बाढी पहिरोजन्य विपतमा परेर ८५ जनाले ज्यान गुमाएका छन्। बाढीपहिरोमा ४४ जना हराइरहेका गृहमन्त्रालयले जनाएको छ।

शुक्रबार गृह मन्त्रालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धीे बैठकमा गृह मन्त्री बालकृष्ण खाणलाई यो जानकारी गराइएको हो। यो गएको जेठ ३१ गतेयताको तथ्यांक हो।
यस अवधिमा बाढीपहिरोजन्य विपतमा परेका ५५ सय भन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख होमकला पाण्डेले जानकारी दिइन्।
पाण्डेका अनुसार अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भइसकेका छन्। शुक्रबार मात्रै देशभर बाढीबाट चारसय जना भन्दाा धेरै प्रभावित भएका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा सारिएको गृह मन्त्रालयले जनाएको छ।

हिजो मात्रै बाढी पहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन्। ढुबान र पहिरोको कारण शुक्रबार मात्रै १९ घरमा क्षति पुगेको छ। बाढी पहिरोले क्षति पुर्‍याएको ३८ जिल्लामा पुनर्निर्माण गर्न एक अर्ब ११ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गृहमन्त्रालयले गरेको छ।

यस वर्ष बाढी पहिरोबाट सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा भएको छ। बाढी पहिरोका कारण अहिले पनि देशभर २९ सडक पूर्ण र आंशिक रुपमा बन्द अवस्थामा छन्।

यस वर्ष बाढीपहिरोको कारण सिन्धुपाल्चोक, मनाङ, कैलाली, नवलपरासी, कञ्चनपुर, कैलाली, दाङ, रौतहट, रुपन्देही, महोत्तरी, कपिलवस्तु, चितवन, खोटाङ, सिन्धुली, बाजुरालगायत जिल्ला बढी प्रभावित भएका गृह मन्त्रालयको विपत महाशाखाले जनाएको छ। बाढीपहिरोले धेरैवटा पक्की पुल र सडकनै बगाएकाले तिनको पुनर्निर्माणमा समय लाग्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published.