कनकाई साप्ताहिक सातौ बर्षमा प्रवेश

सुरुङ्गा, साउन ३१ गते । झापाको कनकाई नगरपालिका केन्द्रविन्दु बनाएर प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक तथा कनकाई अनलाईन सातौ बर्षमा प्रवेश गरेको छ ।
२०७२ सालबाट नियमित प्रकाशन हुदै आइरहेको यस साप्ताहिक प्रेस काउन्सिलबाट ख बर्गमा समेत बर्गिकृत हुदै आएको साप्ताहिक पत्रिका हो । कनकाई अनलाईन न्युज पोर्टल समेत नियमित प्रकाशन हुदै आएको यस साप्ताहिक तथा अनलाईन कनकाई क्षेत्रकै पहिलो न्युज पोर्टल तथा साप्ताहिक हो ।
कनकाई साप्ताहिक सातौ बर्षमा प्रवेश गरेको सुखद अवशरमा पत्रिकाका सम्पादक- प्रकाशक लीलाराज झापालीले सम्पूर्ण पाठक, विज्ञापनदाता , लेखक, कर्मचारी तथा शुभेच्छुकमा धन्यवाद दिदै आगामी दिनमा थप परिमार्जित विषयवस्तु पस्कने प्रतिवद्धता जनाएका छन् । कारोना कहरका विचपनि अनलाईन र पत्रिका समेत नियमित प्रकाशन गरि जनताको सूचना प्रतिको भोगलाई जगाईराख्न सफल भएको भन्दै यस्तै साथ र सहयोगको सबैसग झापालीले अप्रेक्षा राखेका छन् ।

Leave a Reply

Your email address will not be published.