प्रदेश नं १ मा ७६५ मा कोरोना सङ्क्रमण, १७ को मृत्यु


दमक,२३ साउन । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एक हजार पाँच जनाको पिसिआर परीक्षण गर्दा ३१२ र एक हजार ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५३ गरी कूल ७६५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तीमध्ये मोरङमा १०० मध्ये विराटनगरमा १७, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३ तथा तेह्रथुम र उदयपुरमा दुई–दुई जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ४५८ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये २०५ महिला र २५३ पुरुष छन् ।

झापाको दमकमा २१, भद्रपुरमा १३, मेचीनगरमा १०, बिर्तामोडमा ८, शिवसताक्षी, कमल गाउँपालिका र बुद्धशान्तिमा समान ७, अर्जुनधारामा ६, गौरादहमा ५, गौरीगञ्जमा १,स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ। त्यसैगरि, सुनसरीको धरानमा ६२, इटहरीमा ११, बराहक्षेत्रमा ३, इनरुवा र स्थानीय तह नखुलेकामा समान १ जनामा संक्रमण देखिएको छ।

पहाडी क्षेत्रतर्फ, पाँचथरको फिदिममा १२, कुम्मायक, हिलिहाङ र फालेलुङमा समान १, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर जोरपाटीमा ३, सहिदभूमिमा २, चौवीसे र स्थानीय तह नखुलेकामा समान १, इलामको रोङमा ८, इलाम नगरपालिकामा ३, चुलाचुली र स्थानीय तह नखुलेकामा समान १, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेकामा समान–१, उदयपुरको बेलका र स्थानीय तह नखुलेकामा समान १ जनामा संक्रमण देखिएको छ।

प्रदेशमा शनिबार ४ सय ५८ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ। यसरी संक्रमणमुक्त हुनेमा २ सय ५ महिला र २ सय ५३ पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेशमा ७ महिला र १० पुरुष गरी कुल १७ जनाको मृत्यु भएको छ। हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट १ हजार ६ सय ७५ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published.