पथरीशनिश्चरेमा पुनः कोरोना संक्रमण फैलिदैं


पथरी,२४ साउन । पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिकामा गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण दर पुनः तिब्ररुपले बढेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आईतबार प्रकाशित एक स्वास्थ्य बुलेटिनमा पथरिशनिश्चरे नगरपालिकाभित्र जिल्लामै सबैभन्दा बढी कोभिड १९ का संक्रमित थपिएको जनाईएको छ । केही दिन अघिदेखि निरन्तर संक्रमण शून्य रहेको यस नगरमा पुनः संक्रमण फैलिएको पुष्टि भएको हो।
गत २० गते पिसिआर विधिबाट १ सय ५ जनाको स्वाव संकलन गरिएका मध्यें हिजो शनिबार २२ पूरूष सहित कूल ४० जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । हाल नगरमा कूल ७ सय ४ संक्रमितमध्यें ५ सय ४१ ले कोरोना भाइरसलाई जितेर निको भएका छन् भने १९ जनाले ज्यान गुमाएका छन् । हिजो एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्यकर्मी याम खड्काले बताएका छन् ।
यसैगरी, गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमणका कारण ४९महिला र४१ पूरूष सहित कूल ९० जना नयाँ कोरोना संक्रमित थपिएको जिप्रका मोरङ्गले जनाएको छ । हालसम्ममा जिल्लामा २१हजार ९ सय २६ जना संक्रमित भएका छन् भने उपचारपछि १६ हजार २ सय ८८ जना निको भएर घर फर्किएका हुन्।
त्यस्तै, वेलवारी नगरपालिकामा १७ महिला सहित कूल २६ जना नयाँ संक्रमित थपिएर कूल १ हजार २ सय १२ जना संक्रमित भएका छन्। तिमध्यें ५ सय ३५ निको भएका हुन् भने २८ जनाले मृत्युवरण गरेका छन् ।
उता, केराबारी गाउँ पालिकामा पछिल्लो चौविस घण्टामा १४ महिला सहित कूल २४ नयांँ थपिएसंगै कोरोना भाइरसका संक्रमितको कूल संख्या ९सय १३ पुगेको हो । जसमा ५ सय १३ ले कोरोनालाई जित्न सफल भएका छन् भने ११ जनाको मृत्यु भएको छ।
उता, विराटनगर महानगरपालिकाभित्र गत २४ घण्टाभित्र थप नयाँ कोरोना संक्रमित नथपिए पनि १२हजार३सय २० मध्ये ९हजार ४ सय १८ जना निको भएका छन् भने १सय६१ जनाले ज्यान गुमाएका छन् ।
केही दिन अघि कोरोना संक्रमण दर उच्च देखिएका मोरङ्गका लेटाङ्ग, केराबारी, सुन्दरहरैंचा ,उर्लावारी लगायतका पालिकाहरूमा भने संक्रमण दर केही नियन्त्रणमा आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.