प्रदेश नं १ मा एक हजार १४४ सङ्क्रमित थपिए

दमक, १५ साउन । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस अवधिमा एक हजार १०४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । थपिएका सङ्क्रमितहरूमा एक हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र एक हजार ६६६ जनाको एन्टिजेन परीक्षणबाट ५६४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१ मध्ये विराटनगरमा ५५, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६र१६, उदयपुरमा चार, खोटाङ र सङ्खुवासभामा दुई र दुई, ताप्लेजुङ र तेह्रथुममा एकरएक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको छ । सो अवधिमा प्रदेशमा शुक्रवार ३९७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२८ महिला र १६९ पुरुष छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात महिला र तीन पुरुष रहेको मन्त्रालयलले जनाएको छ ।

देशभर ३६११ जना संक्रमित थपिए, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ । यस्तै हालसम्म कुल संक्रमितमध्ये ६ लाख ५२ हजार २६१ पुगेको छ ।

हालसम्म मृतकको संख्या ९ हजार ८३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । हाल कोरोना निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको परीक्षण भएको थियो ।

Leave a Reply

Your email address will not be published.