अनेरास्ववियू दमकको नयाँ नेतृत्व,अध्यक्षमा दुलाल

दमक,८ पुस । नेकपा एमाले निकट अनेरास्ववियु दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । अनेरास्ववियू दमकको सम्पन्न २१औ अधिवेशनले तपस दुलालको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको हो ।
निर्वाचित कमिटीको बरिष्ठ उपाध्यक्षमा राम खतिवडा , उपाध्यक्षहरुमा योगेश धिमाल ,जोसन पौडेल ,सचिवमा निश्चल दाहाल,सहसचिवमा मनिष दियाली, रोजिना खड्का ,निसम अधिकारी र कोषाध्यक्षमा सोनु थापा चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा पार्वत कोइराला,विकास कार्की , धिरेन घिमिरे , दिपेन्द्र बजगाइ,गँगा खतिवडा,पार्वत बस्नेत ,रोशन धिताल, एलिस पोख्रेल , दिनेश बस्नेत , प्रवेश बाराकोटी, अनिश खनाल, आशिका निरौला,निरुल थापा, स्वीकृति रिजाल, विवश कार्की ,कुशल दुलाल र नरेन्द्र घिमिरे रहेका छन् ।
अनेरास्ववियुका केन्द्रिय सचिव डम्बर अधिकारीको पमुख आतिथ्यतामा भएको सम्मेलन उद्घाटनमा अनेरास्ववियूका केन्द्रीय सदस्य तथा नेकपा एमाले दमक नगर उपाध्यक्ष दिपेश दाहाल ,अनेरास्ववियु झापा जिल्ला कमिटीकाअध्यक्ष समर्पण खतिवडा, एमाले दमक नगर सह सचिव सन्तोस दुलाल ,एमाले दमक नगर सदस्य इश्वर नेपाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राम पौडेल, अनेम संघ दमक नगर अध्यक्ष यमुना गौतम,राष्ट्रिय युवा संघ नेपाल केन्दिर्य सदस्य तथा एमाले दमक नगर सदस्य तारा प्रसाद गुरागाई , मदन भन्डारि स्पोर्ट्स एकेडेमि अध्यक्ष लोकेश न्यौपने, अनेरास्ववियु जिल्ला सदस्य प्रबिण पाठक,एलिश बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.