छारे रोग, कारण र उपचार


छारे रोग मानिसको मस्तिष्कमा हुने नसर्ने प्रकृतिको रोग हो । यो रोग हुने विभिन्न कारण हुन सक्छन् । त्यसमा पनि फित्ते जुकाको अण्डा दिमागमा पुग्नु एउटा प्रमुख कारण मानिन्छ । जब मानिसको मस्तिष्कमा भएको न्युरो ट्रान्समिटर असन्तुसलित हुन्छ, त्यो अवस्थामा अचानक वेहोस भएर लढने, मुखमा फिज देखापर्ने, मुख बाधिने, जीउ थरथर काम्ने, कमजोरी देखापर्ने या दोहोर्याएर र तेहेर्याएर बेहोस हुने जस्ता लक्षण देखा परेमा छारे रोग हुनसक्छ । आजको अंकमा छारे रोग, यसबारेका भ्रम अनि उपचारका बारेमा चर्चा गरिएको छ ।

छारे रोग स्नायु(मस्तिष्क)मा देखापर्ने एक प्रकारको गडबडी हो, समस्या हो । दिमागमा रहेका असख्य स्नायु(सुक्ष्म नसा, न्युरोन) मध्ये एक या दुईको मिलन विन्दु बीचमा असर या केहि समयकालागी काममा असन्तुलन आएमा बेहोसीपना देखा पर्छ । यो अवस्थालाई मेडिकल भाषामा सिजर(झट्का) भनिन्छ । यो भनेको हातखुट्टा लुला हुने, शरीर काम्ने, आँखा तिरमिर हुने, भूइमा पछारीने, फिज काडने, मुख बाधिने जस्ता लक्षण देखा पर्न सक्छन या त सामान्य बेहोसी जस्तै मात्र हुन पनि सक्छन् । फिज नआएको या मुख नबाधिएको पनि हुनसक्छ । माथि उल्लेख गरिएका लक्षण देखा परेको अवस्थालाई सिजर(फिट,बेहास) भनिन्छ । मेडिकल भाषमा सिजर सगै अन्य अध्यायन र सिटीस्क्यान लगायत अरु रिपोर्टका आधारमा मात्र छारे रोग या मात्र एक प्रकारको बेहोसीपना हो भन्ने पत्ता लाग्छ ।

कारणहरु : एउटा मुख्य कारणमा फित्ते जुकाको आन्द्रामा संक्रमण हो । आन्द्रामा जुका रहेपछि उसले अण्डा पर्छ आन्द्राको विभिन्न भागमा । सो अण्डा खानेकुरा शोषणको क्रममा विस्तारै कलेजोमा पुग्छ र कलेजोबाट रक्त्त संचारको माध्यमबाट मस्तिष्कमा पुग्छ । मस्तिष्कमा गाडिएर उक्त अण्डा बस्छ र विस्तारै जुकाको रुपमा परिणत हुन्छ या मृत अण्डाको रुपमा मस्तिष्कमा गाडिएर बस्छ । जसका कारण न्यरो ट्रान्समिटरमा केहि बेरका लागी रोकावट आउछ र मानिसमा सिजर देखापर्न थाल्छ । यसरी नै प्रौढ अवस्था या बुढेसकालमा मस्तिष्कमा टियुमर(गाठागुठी) आएमा पनि माथि भनिएको जस्तै बेहास हुने, असाध्यै टाउको दुख्ने रिगटा लाग्ने वान्ता हुने जस्ता लक्षण पनि सँगसँगै देखापर्छन । यसरी नै नसालु पर्दाथको अत्यधिक सेवन, मस्तिष्क ज्वरो, इन्सेफलाइटिस, हिस्टेरिया, मानिसिक तनाव, शारीरिक कमजोरी जस्ता धेरै कारणहरु हुन्छन बेहोसीपना देखापर्नेमा ।

लक्षणहरुमा माथि उल्लेख गरिए झै यो रोगले मस्तिष्कमा असर गर्ने हुँदा बेहोसी पना देखा पर्नु अघि आँखा तिर्मिराउने, हातखुट्टा काम्ने, शरीर गलेर आउने, र बेहोस भएर ढल्ने , ढलेपछि प्राय उत्तानो अवस्यामा हुने, हातखुट्टा छटपटाउने, मुखबाट र्याल आउने, मुख बाधिने, आँखा पल्टाउने जस्ता लक्षण देखापर्ने र केहिबेरपछि रोगीमा होस आउने हुन्छ । तर, बेहोसी अवस्थामै जिब्रो टोक्ने, चोटपटक लाग्ने जस्ता खतरा भने धेरै रहेको हुन्छ । यदि रोगीमा जिब्रो टोक्ने र आँखा पल्टाउने र बेहोसी निकै समय या चाडो चाडो हुन्छ भने निक्कै कडाखाले छारेरोग भएको बुझ्न सकिन्छ ।

यसरी नै केटाकेटीमा छारे रोग लागेको प्रष्ट थाहा पाउन निक्कै असहज हुन्छ । सुतेका बेलामा या कक्षामा भएका बेलामा या बसेर खेल्दै गरेका अवस्थामा, दिउसो निदाएका बेलामा पनि विना मुखमा गाज या विना ठुलो असर देखा पर्न सक्न्ने हुँदा लामो समयदेखि केटाकेटी रोगबाट ग्रसित भएका हुन सक्छन् । यस्तै यो रोगको लक्षण राती सुतेका बेलामा धेरै देखिने हुँदा केटाकेटी या अन्य उमेरका मानिसमा पनि निद्रामै भेटने गर्छ र थाहा पाउन पनि नसकिने हुन्छ ।

जान्नै पर्ने कुरा के छ भने सबै खाले बेहोस हुने समस्या छारे रोग होइनन् । र छारे रोग मानसिक रोग पनि होइन अनि सर्ने रोग पनि होइन । अन्य विभिन्न कारणबाट बेहासी पना देखापर्ने हँुदा बेहोस हुने सबैलाई छारे रोग हो निको हुदैन भनेर वस्नु अज्ञानता हो । सम्पूर्ण जाँच नगरिकन यस्तो उस्तो भन्नु रोगीमाथि अन्याय गर्नु हो । घोप्टो सुत्ने आदत भएका बालबच्चा या ठुलै मानिसमा पनि यदि छारे रोग या बेहोस हुने लक्षण छ भने सास फेर्न नसकेर ज्यान जाने खतरा धेरै हुन्छ । यो कुराको ख्याल राखेर सुत्ने कुरामा सजग हुनु राम्रो हो र घोप्टो सुत्ने बानी कम गरेर कोल्टे सुत्नु उत्तम उपाय हो ।

………………………………………………………………………………………………………………………………………………..

समाजमा छारे रोगीलाई घृणको दृष्टिकोणले हेर्ने, सर्छ भनेर टाढ्रै राख्ने, नराम्रो व्यवहार गर्ने, मानसिक रोगी भनेर हेला गनेर्, उपचार हुदैन भनेर हल्ला मच्चाउने, रोगले भेटेका बेलामा या बेहोस भएका बेलामा गन्हाउने जुत्ता या मोजा सुघाउने गर्नु जघन्य अपराध हो । यो रोगको सफल उपचार हुन्छ । रोगीलाई अस्पतालमा लगेर स्नायुरोग विशेषज्ञबाट उपचार गराएमा र चिकित्सकको सल्लाह अनुसार टाउकाको सिटी स्क्यान गराएमा के कारणले रोग भएको हो पत्ता लाग्छ । कारण अनुसारको उपचार गर्न सहज पनि हुन्छ । यदि हेलचेक्राई गरेमा र रोगीलाई जोखिम काममा लगाएमा या आगो, पानीबाट नबचाएमा रोगी कुनै पनि बेलामा दुर्घटनामा पर्न सक्छ, अंगभंग हुन सक्छ या ज्यानै पनि जान सक्छ ।

अन्त्यमा जान्नै पर्ने कुरा के छ भने सबै खाले बेहोस हुने समस्या छारे रोग होइनन् । र छारे रोग मानसिक रोग पनि होइन अनि सर्ने रोग पनि होइन । अन्य विभिन्न कारणबाट बेहासी पना देखापर्ने हँुदा बेहोस हुने सबैलाई छारे रोग हो निको हुदैन भनेर वस्नु अज्ञानता हो । सम्पूर्ण जाँच नगरिकन यस्तो उस्तो भन्नु रोगीमाथि अन्याय गर्नु हो । घोप्टो सुत्ने आदत भएका बालबच्चा या ठुलै मानिसमा पनि यदि छारे रोग या बेहोस हुने लक्षण छ भने सास फेर्न नसकेर ज्यान जाने खतरा धेरै हुन्छ । यो कुराको ख्याल राखेर सुत्ने कुरामा सजग हुनु राम्रो हो र घोप्टो सुत्ने बानी कम गरेर कोल्टे सुत्नु उत्तम उपाय हो ।

छारे रोगको उपचार होमियोप्याथिक चिकित्सामा पनि हुने हुँदा रिपोर्ट सहित नजिकै रहेका चिकित्सकसँग परामर्श लिनु पनि उचित हुन्छ । या परामर्शपछि टाउकाको सिटीस्क्यान गराएर के भएको हो पत्ता लगाएर उपचार सुरु गर्न सकिन्छ । विरामीलाई हौसला प्रोत्साहन, दैनिक व्यायम, पोसिलो खाना र प्रयाप्त निद्राको आवश्यकता हुन्छ । विरामीसँग बस्ने, एक्लो महशुस हुन नदिने, जोखिम कम भएका मात्र काम गर्न लगाउने गर्नु उचित हुन्छ । यस्तो विरामी भएका रोगीले नियमीत औषधीको सेवनको गर्नुपर्छ । औषधी टुटाउनु हुँदैन । चिकित्सकको सल्लाह अनुसार मात्र औषधीको मात्रा परिवर्तन गर्न या औषधी छोड्न उचित हुन्छ । धेरै जसो विरामीले औँसी पूर्णिमाम धेरै समस्या भएको कुरा राख्छन् । यदि यस्तो हो भने विरामीको विशेष हेरचाह उक्त समयमा गर्नु राम्रो हुन्छ । ( लेखक ,हामियोप्याथिक चिकित्सक हुन् ।)

Leave a Reply

Your email address will not be published.