
झापा,७ पुस । जिल्लाको झापा गाउँपालिका घर भई हाल अमेरिका बस्दैआएका बिशाल भारतीले दमकका एक जना मिगौला रोगीलाई आर्थिक सहयोग उपलव्ध गराएका छन् । अमेरिकाको वेल्स फार्गो बैकमा कार्यरत युवा व्यक्तित्व भारतीले दमक- ५ का २६ बर्षिय आशिष खनालको मिगौला प्रत्यारोपणका लागि ( ३ सय अमेरिकी डलर ) ३५ हजार सहयोग उपलव्ध गराएका हुन् । सामाजिक कार्यका लागि सधैँ दिल खोलेर सहयोग पुरयाँउदै आएका उनले अमेरिकामा बस्ने नेपालीहरूसंग र व्यक्तिगत ढंगले पनि सक्दो सहयोग पुरयाँउदैआएका छन् ।
खनालको मिगौला प्रत्यारोपण गर्नका लागि होटल व्यवसायी समेत रहेका दमकका सामाजिक अभियान्ता सञ्चालन गरिआएको अभियानमा उक्त बैकका म्यानेजर समेत रहेका भारतीले सो सहयोग रकम पठाएका अभियान्ता राउतले जनाएका छन् । यससंगै खनालको जारी अभियानमा रु २ लाख बढी रकम जुटिसकेको उनले सुनाए ।
राउतले आफनो फेसबुक पेजमार्फत पीडित खनालको उपचारका लागि अभियान चलाउदै आएका छन् । आर्थिक अभावका कारण मिगौला प्रत्यारोपण गर्न नसकेका उनलाई बचाउन राउतले शुरु गरेको अभियानमा स्वेच्छिक सहयोग जुट्ने क्रम बढ्दै गएको बताउँछन् ।